इरानले पठायो अमेरिकालाई शान्ति प्रस्तावको जवाफ
तेहरान (एजेन्सी): इरानले आइतबार वासिङटनको पछिल्लो शान्ति प्रस्तावको जवाफ दिएको छ। शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका धेरै लक्ष्यहरूमा आक्रमण गर्ने चेतावनीबीच अमेरिकाको इरानसँगको युद्धमा शान्तिका लागि पठाएको प्रस्तावको जवाफ पठाएको हो।
शान्तिका लागि वार्ता र छलफल चलिरहँदा तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने पनि जनाएको छ। सरकारी प्रसारक आईआरआईबीका अनुसार तेहरानको प्रतिक्रिया, पाकिस्तानी मध्यस्थकर्ताहरूलाई दिइएको छ।
जवाफ इरानलगायतका सहयोगी समूहमाथिको आक्रमण रोक्ने र विशेष गरी लेबनानमा युद्ध अन्त्य गर्ने विषय र ‘ढुवानी सुरक्षा सुनिश्चित गर्ने’ विषयलाई जोड दिइएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट शुक्रबारसम्ममा जवाफको अपेक्षा गरिरहेको बताएका थिए। प्रतीक्षा लम्बिँदै जाँदा खाडीमा युद्धविरामबीच तनाव बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस !