सरकारले ल्याएको नीति तथा कार्यक्रममा सीमा नाकाबारे समेटिएका यी हुन् विषय
काठमाडौं : सरकारले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
सरकारले सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिने जनाएको छ।
ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रममा सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक-सुरक्षा सम्बन्ध सुदृढ बनाइने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !