झापामा अनलाइन जुवा खेलाएको आरोपमा २ जना पक्राउ
झापा : झापामा अनलाइन जुवा (सट्टाबाजी) खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले आइतबार साँझ ६ बजे गिरीलाई बिर्तामोड–५ स्थित गो सिक्सटी नाइन क्याफे बाट तथा मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्ली क्याफेबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि सट्टाबाजी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई आज झापा जिल्ला अदालतबाट थप अनुसन्धानका लागि दुई दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। पछिल्लो समयमा झापा जिल्लाका विभिन्न स्थानमा क्रिकेट तथा फुटबलको अनलाइन सट्टाबाजी खेलाउने गिरोह सक्रिय रहेका छन्।
प्रतिक्रिया दिनुहोस !