एसईईको नतिजा केहीबेरमा सार्वजनिक हुँदै
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केहीबेरमा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गर्न लागेको हो।
यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले सहभागी थिए। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका हुन्।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।
प्रतिक्रिया दिनुहोस !