ईपीएस भाषा परीक्षा: उत्पादनमुलकतर्फको स्किल टेस्टमा २ हजार बढीको निस्किएन नाम
काठमाडौं : सन् २०२५ को उत्पादनमूलक क्षेत्र तर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशन भएको छ। ईपीएस कोरिया शाखाले आज नतिजा सार्वजनिक गरेको हो। सीप परीक्षणमा सहभागी भएका ५ हजार ९४८ जना परीक्षार्थीमध्ये ३ हजार ५१७ जना मात्र उत्तीर्ण भएका छन्। २ हजार ४३१ जना अनुत्तीर्ण भएका छन्। ६ हजार ७४ जनाले भाषा परीक्षा उत्तीर्ण गरेको भए पनि ५ हजार ९४८ जना मात्र स्किल टेस्टमा सहभागी भएका थिए।
प्रतिक्रिया दिनुहोस !