सिनेमा संवाद: बजार, कन्टेन्ट र व्यावसायिकतामाथि मन्थन

सिनेमा संवाद: बजार, कन्टेन्ट र व्यावसायिकतामाथि मन्थन
सुन्नुहोस्

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा भएको ‘सिनेमा संवाद’ चलचित्रका विभिन्न विषयमा छलफल गरिएको छ। सिनेमा संवादको चौथो संस्करण नेपाली चलचित्र क्षेत्रका विविध आयाम, चुनौती र सम्भावनाबारे चलचित्रकर्मी, पत्रकार र स्थानीयबीच गहन छलफल भएको थियो। 

माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी र वडा नं ८ का वडाध्यक्ष राम गुरुङले यस्ता कार्यक्रमले ग्रामीण पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने धारणा राखे। पहिलो दिनको साँझ  ‘सिनेमा साँझ’ समेत आयोजना गरिएको थियो। जहाँ कलाकार र स्थानीयबीच सांगीतिक र भावनात्मक साटासाट भएको थियो। 

उद्घाटन सत्रपछि सिनेमाका प्राविधिक, व्यावसायिक र सिर्जनात्मक पक्षमा केन्द्रित रहेर चारवटा छुट्टाछुट्टै सत्रमा संवाद सञ्चालन गरिएको थियो। पहिलो सत्रमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा लेखक तथा निर्देशक सामिप्यराज तिमिल्सिनाले नेपाली सिनेमा बर्लिन र कान्स जस्ता प्रतिष्ठित महोत्सवमा पुगिसकेकाले अब बजार विस्तारमा ध्यान दिनुपर्ने बताए। 

उनले ‘उनको स्वीटर’ ले विदेशबाट ६ करोड र ‘जेरी एण्ड टप’ ले साढे ३ करोडको व्यापार गरेको तथ्यांक प्रस्तुत गर्दै नेपाली फिल्मको बजार विश्वव्यापी भइसकेको दाबी गरे। अभिनेत्री बेनिशा हमालले बलियो कथा भए बजेटले सिर्जनालाई नरोक्ने अनुभव सुनाइन्।

दोस्रो सत्रमा ‘नयाँ पुस्ता र नेपाली सिनेमा’ बारे छलफल भएको थियो। नायिका आँचल शर्माले पुराना पुस्ताको कडा मेहनत र अनुशासनलाई पछ्याउँदै नयाँ पुस्ताले सिर्जनात्मक र फरक विषयवस्तु पस्कनुपर्ने बताइन्। उनले परम्परागत कथावाचनको शैली तोड्न नयाँ पुस्ता तयार रहेको उल्लेख गरिन्। नायक सलोन बस्नेतले चलचित्र निर्माणको प्रणालीमा रहेका कमजोरी सुधार्नुपर्ने बताए भने नायिका सनिशा भट्टराईले महिला सशक्तीकरणका विषयमा थप चलचित्र बन्नुपर्नेमा जोड दिइन्। तेस्रो सत्र ‘सिनेमामा द्वन्द्व’ विषयमा केन्द्रित रह्यो। 

अभिनेता निखिल उप्रेतीले द्वन्द्वलाई दार्शनिक ढंगले परिभाषित गर्दै यो केवल कुटाकुट नभई परिस्थितिको स्पष्टता भएको बताए। उनले विश्व बजारमा द्वन्द्वप्रधान फिल्मको वर्चस्व रहेको चर्चा गर्दै नेपाली फिल्मले स्वदेशमै विदेशी फिल्मको प्रभाव कम गर्नुपर्नेमा जोड दिए। निर्देशक मनोज पण्डितले भने ९० प्रतिशत फिल्मले निर्मातालाई रुवाइरहेको यथार्थ सुनाउँदै दर्शकलाई अनुभूति गराउने गरी गुणस्तरीय सिनेमा बनाउनुपर्ने तर्क गरे। उनले विदेशी चलचित्रले नेपालबाट वार्षिक २५ देखि ३० करोड रुपैयाँ लैजाने गरेको तथ्यांक समेत प्रस्तुत गरे।

संघका अध्यक्ष सन्तोष बस्यालले यस कार्यक्रमले चलचित्रकर्मी र पत्रकारबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास लिएका छन्। संवादमा भएका छलफलका विषयवस्तु नेपाली चलचित्रको दायरा फराकिलो बनाउने उनको भनाइ थियो। घान्द्रुक, सिक्लेस र घलेगाउँपछि ल्वाङमा सम्पन्न यो चौथो शृखंलाले नेपाली सिनेमाको विकासका लागि नयाँ बहसको सुरुवात गरेको संस्थापक अध्यक्ष श्रीराम सिग्देल र पूर्व अध्यक्ष अरुण गिरीले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.