बजेट निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतिपूर्ण छ : अर्थमन्त्री वाग्ले

बजेट निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतिपूर्ण छ : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका छन् ।  सिंहदरवारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लले मुलुकका अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका हुन् ।

केहि बर्षमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने भन्दै उनले अहिले जस्तो सस्तोमा विदेशी ऋण उपलव्ध नहुने उल्लेख गरे । उनले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा परिणत गर्दै संवैधानिक, कानुनी, आर्थिक लगायत सम्पूर्ण कुराहरुलाई खुला गरेर बाह्य स्रोतलाई मूल प्रवाहिकरण गर्नुपर्ने धारणा राखे । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको चुनौति रहेको भन्दै अर्थमन्त्री वाग्लले स्रोत जुटाएरै छाड्ने बताए ।

मन्त्री वाग्लले बैंशाख ३१ गते संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने तयारी भइरहेको समेत जानकारी दिए । त्यस्तै उनले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार लाग्ने व्यवस्थालाई थप व्यावहारिक बनाइने बताए । तर सीमामा हुने अवैध कारोबार र तस्करी नियन्त्रणमा सरकार कठोर रहने उनले बताए । 

अर्थमन्त्री वाग्लेले सीमा निगरानी, राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोक्न प्रविधिमैत्री सुरक्षा प्रणाली विकास गरिने उल्लेख गरे । उनले बर्षौसम्म पुरा हुन नसकेका आयोजनाहरुको गाँठो फुकाउने काम वर्तमान सरकारले गरेकाले पर्याप्त पूँजीगत खर्च नहुने भित्र असार मसान्तसम्ममा बदलिने आशा गरेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.