बालेन शाह प्रधानमन्त्री बन्नु हिजो हाम्रो क्रान्तिकै प्रतिफल : प्रचण्ड
काठमाडौं : विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले हतियार उठाएको प्रतिफल अहिलेको संसद समावेशी बनेको दावी गरेका छन् ।
प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले विगतमा आफ्नो पार्टीले हतियार उठाएको प्रतिफल नै आज बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको कुर्सीमा पुगेको दावी गरे । उनले अहिले प्रधानमन्त्रीको कुर्सीमा जो भए पनि हिजो बन्दुक उठाएकै प्रतिफल भएको बताए ।
संयोजक प्रचण्डले भने, ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री बन्नु भएको छ, पार्टी फरक भए पनि हिजोको क्रान्तिकै प्रतिफल हो । उनले हिजो रास्वपासँग सत्ता र प्रतिपक्ष दुबैमा सहकार्य गरेको स्मरण गर्दै संयोजक प्रचण्डले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनलाई वधाइ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !