फ्लाई नेपा ट्राभल्स् एन्ड टुरलाई बेस्ट इन ट्राभल मार्केटिङ् अवार्ड

फ्लाई नेपा ट्राभल्स् एन्ड टुरलाई बेस्ट इन ट्राभल मार्केटिङ् अवार्ड

काठमाडौं : नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको फ्लाई नेपा ट्राभल्स् एन्ड टुरले प्रतिष्ठित ‘विङ्स अण्डर फोर्टी’ अवार्ड अन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ सम्मान प्राप्त गरेको छ। कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकारीको नेतृत्वमा फ्लाई नेपाले नेपालको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउँदै आएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिएको यस अवार्ड कार्यक्रमको आयोजना ग्लोबल एक्रिडिटेसन काउन्सिलले गरेको थियो भने सह-आयोजकका रूपमा यात्रा म्यागजिन रहेको थियो। कार्यक्रममा पर्यटन, आतिथ्यता तथा ट्राभल क्षेत्रमा योगदान पुर्‍याएका ४० वर्षमुनिका युवा उद्यमीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

फ्लाई नेपाले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै आधुनिक डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय टुल्स र सिर्जनात्मक प्रवर्द्धनमार्फत छुट्टै पहिचान बनाउन सफल भएको भन्दै कम्पनीलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड प्रदान गरिएको हो।

करिब एक दशकअघि स्थापना भएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्सले नेपाल भ्रमण, सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय कन्सर्ट तथा पर्यटन प्रवर्द्धनात्मक गतिविधिमार्फत नेपाललाई विश्वसामु चिनाउँदै आएको छ। विशेषगरी अमेरिका र क्यानडामा आफ्नो उपस्थिति विस्तार गरिसकेको कम्पनीले सन् २०२६ मा दुबईमा समेत कार्यालय स्थापना गर्दै आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल थप मजबुत बनाएको छ।

अवार्ड ग्रहणपछि प्रबन्ध निर्देशक विनोद अधिकारीले युवा उद्यमशीलता र पर्यटन क्षेत्रको नवप्रवर्द्धनलाई सम्मान गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरे। उनले नेपालको पर्यटनलाई विश्व बजारमा थप सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता समेत जनाए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.