तमिलनाडुका मुख्यमन्त्री विजयले आज विश्वासको मत लिँदै

तमिलनाडुका मुख्यमन्त्री विजयले आज विश्वासको मत लिँदै
फाइल तस्बिर
सुन्नुहोस्

चेन्नई: तमिलनाडुका मुख्यमन्त्री एवं  तमिलगा वेत्री कझगम (टीभीके) का प्रमुख सी. जोसेफ विजयले आज विधानसभामा विश्वासको मत लिँदैछन्। २३४ सदस्यीय विधानसभामा सरकार टिकाउन विजयलाई ११ विधानसभा सदस्य (विधायक) को समर्थन आवश्यक छ।

हाल विधानसभामा (टीभीके)  का आफ्नै १०८ विधायकहरू छन्। उनलाई कांग्रेस, भीसीके , इन्डियन युनियन मुस्लिम लिग र वामपन्थी दलहरूको पनि समर्थन रहेको छ, जसको कुल विधायक संख्या १३ छ। यी दलहरूको समर्थनले विजयको पक्षमा विश्वासको मत आउने  स्पष्ट देखिन्छ।

यसैबीच, मंगलबार अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम (AIADMK) को एउटा गुटले पनि मुख्यमन्त्री विजयलाई समर्थन गर्ने घोषणा गरेको थियो। चेन्नईको एमआरसी नगरमा आयोजित पत्रकार सम्मेलनमा AIADMK नेता सीभी शनमुगमले पार्टीको बैठकबाट मुख्यमन्त्रीको सरकारलाई समर्थन गर्ने प्रस्ताव पारित भएको जानकारी दिएका थिए।

तर, राजनीतिक परिस्थिति भने केही जटिल देखिएको छ। AIADMK ले आफ्ना सबै ४७ विधायकहरूका लागि 'ह्वीप' जारी गरेको छ, जसले गर्दा सदनमा मतदानको समयमा उनीहरूको भूमिका कस्तो रहन्छ भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.