काठमाडौं महानगरले खुलायो छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन
काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ ।
आज सूचना जारी गर्दै महानगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई जेठ १ गतेबाट १० गतेसम्म महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन आग्रह गरेको हो।
विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np र entrance.kathmandu.gov.np मा हेर्न र आवेदन दिन महानगरले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !