गोरखाका बोगटीले जिते ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

गोरखाका बोगटीले जिते ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
सुन्नुहोस्

गोरखा : गोरखाका म्याराथुन धावक टीकाबहादुर बोगटीलाई गण्डकी प्रदेशको नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेण्ट अवार्डबाट सम्मानित गरेको छ । १० औं रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा बिहीबार ओलम्पियन टीकाबहादुर बोगटीलाई ‘लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरेको हो ।

पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बोगटीलाई अवार्ड प्रदान गरेका हुन् । एथलेटिक्सको माध्यमबाट गोरखा जिल्ला, गण्डकी प्रदेश तथा नेपालको गौरवलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा माथि उठाउन ठूलो योगदान पु¥याएको भन्दै मञ्चले अवार्ड प्रदान गरेको हो ।

गोरखा नगरपालिका–१ ताप्ले घर भएका बोगटीले बिगत ३० बर्षभन्दा पहिलेदेखि अहोरात्र खटेर यहाँको एथलेटिक्सका क्षेत्रलाई सहयोग गरेकाले अवार्ड प्रदान गरेको मञ्चले जनाएको छ । ६४ बर्षका बोगटीले नेपाली सेनामा सेवारत रहँदा २०४४ सालदेखि अन्तर्राष्ट्रियस्तरको म्याराथन दौडमा सहभागी भई स्वर्ण, रजत, कास्य लगायतका पुरस्कार जितेका छन् ।

२०५२ सालमा मद्रासमा सम्पन्न दक्षिण एशियाली खेलकुद प्रतियोगितामा म्याराथुनतर्फ स्वर्ण पदक जितेका थिए । त्यसबापत उनले २०५२ सालमै गोरखा दक्षिणबाहु चौथो सम्मान समेत प्राप्त गरेका थिए । त्यस्तै उनले सन् २०४५ को सियोल ओलम्पिक र २०५३ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै ट्रयाक सम्हालेका थिए । उनले चौथोदेखि सातौँ दक्षिण एसियाली खेलकुद (साग) मा लगातार नेपालको प्रतिनिधित्व गरेका थिए । उनले २०४८ मा श्रीलंका र २०५० मा बंगलादेश सागमा काश्य पदक जितेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.