छायानाथ अल्ट्रा रेसको तयारी पूरा

छायानाथ अल्ट्रा रेसको तयारी पूरा

मुगु : मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा यही जेठ ३ गते आयोजना हुने ‘प्रथम छायानाथ अल्ट्रा रेस’ प्रतियोगिताको तयारी पूरा भएको छ। अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्य तथा मुगुम कार्मारोङ गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको  प्रतियोगिता पुलु क्षेत्रमा आयोजना गरिन लागेको हो। 

आयोजकका अनुसार प्रतियोगिताले धार्मिक, साँस्कृतिक तथा पर्यापर्यटन प्रवद्र्धनसँगै छायानाथ क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। अल्ट्रा रेस किम्रीबाट सुरु भएर छायानाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन हुनेछ। प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गर्नेछ।

३० किलोमिटर दूरीको अल्ट्रा रेसमा हालसम्म ८४ जना खेलाडीले नाम दर्ता गराएका छन्। जसमध्ये १५ जना महिला र बाँकी पुरुष खेलाडी छन्। महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। साथै स्थानीय सहभागीका लागि पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि समावेश गरिएको छ। प्रतियोगिताका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट दर्ता प्रक्रिया सञ्चालन गरिएको थियो।

आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका चर्चित धावकबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। अल नेपाल स्पोर्ट्स फाउन्डेसनका सञ्जय अधिकारीका अनुसार एभरेष्ट, मञ्जुश्री, मण्डम तथा हालै सम्पन्न जुम्ला–राराजस्ता प्रतियोगिता र बुधबार मात्र सम्पन्न भएको नेपाली सेनाले आयोजना गरेको रारा टे«ल रनका विजेता महिला तथा पुरुष खेलाडीले पनि भाग लिने भएका छन्। ती प्रतियोगितामा प्रथम स्थान हासिल गरेका खेलाडीहरूबीच छायानाथ अल्ट्रा रेसमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले जनही दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यसैगरी दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रोले एक लाख, चौथोले ७५ हजार तथा पाँचौं हुने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। स्थानीयतर्फको पाँच किलोमिटर दौडमा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि करिव ९८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताले छायानाथ धामको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वलाई राष्ट्रियस्तरमा चिनाउने विश्वास गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.