भारतमा रित्तिँदै पेट्रोल–डिजेलको भण्डारण, नेपालमा कस्तो पर्ला प्रभाव ?

भारतमा रित्तिँदै पेट्रोल–डिजेलको भण्डारण, नेपालमा कस्तो पर्ला प्रभाव ?

भारत : अमेरिका–इरान युद्ध र होर्मुज स्ट्रिट लामो समयका लागि बन्द हुने सम्भावनाले भारतमा कच्चा तेल आपूर्तिमा ठूलो असर परेको छ । फेब्रुअरीको अन्त्यमा सुरु भएको यो द्वन्द्वपछि भारतको कच्चा तेल भण्डार करिब १५ प्रतिशतले घटेको बताइएको छ । कमोडिटी एनालिटिक्स फर्म केप्लरका अनुसार तेल आयात घटे पनि भारतीय रिफाइनरीहरूले सामान्य रूपमा काम गरिरहेका छन् । जसका कारण सुरक्षित भण्डार छिटो घटेको हो ।

रिफाइनरीहरूको कामकाजमा असर

विशेषज्ञहरूका अनुसार यदि आपूर्तिमा अवरोध लामो समयसम्म जारी रह्यो भने रिफाइनरीहरूले तेल प्रशोधन (प्रोसेसिङ) घटाउन बाध्य हुन सक्छन् । यही संकटलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नागरिकहरूलाई इन्धन बचत गर्न अपिल गरेको बताइएको छ ।

 

केप्लरका रिफाइनिङ विश्लेषक निखिल दुबेका अनुसार पछिल्ला साढे दुई महिनामा भारतको कच्चा तेल आयात औसत ४.५ मिलियन ब्यारेल प्रतिदिन रहेको छ, जुन युद्ध सुरु हुनुअघि करिब ५ ब्यारेल प्रतिदिन थियो । अहिलेको कमी रिफाइनरीहरूले आफ्नै भण्डार प्रयोग गरेर पूरा गरिरहेका छन् । उनले होर्मुज स्ट्रिट छिट्टै खुल्ने सम्भावना कम छ र भारत सधैं भण्डारमा मात्र निर्भर रहन नसक्ने उनले चेतावनी दिएका छन् ।

तथ्याङ्कमा विवाद : १८ दिन वा ६० दिनको भण्डार ?
केप्लरको रिपोर्ट अनुसार फेब्रुअरी अन्त्यमा भारतसँग १०७ मिलियन ब्यारेल कच्चा तेल भण्डार थियो, जुन अहिले घटेर ९१ मिलियन ब्यारेल पुगेको छ। यसमा रणनीतिक पेट्रोलियम भण्डार, रिफाइनरी र व्यावसायिक स्टोरेज सबै समावेश छन् । दैनिक ५ मिलियन ब्यारेल खपतको आधारमा यो भण्डार करिब १८ दिनका लागि मात्र पर्याप्त हुन्छ ।

तर सरकारले भने भारतसँग खपत अनुसार करिब ६० दिनको तेल भण्डार रहेको स्पष्ट पारेको छ । अधिकारीका अनुसार यो अनुमानमा पाइपलाइन स्टक र भारततर्फ आइरहेका तेल बोकेका जहाजहरू पनि समावेश छन् । अप्रिलमा गुजरातस्थित नायरा एनर्जीको चार लाख ब्यारेल प्रतिदिन क्षमताको रिफाइनरीमा मर्मत कार्य हुँदा भण्डारको खपत केही हदसम्म कम भएको बताइएको छ ।

होर्मुज स्ट्रिट बन्द हुँदा विश्वव्यापी असर
यो युद्धका कारण खाडी मुलुकहरूको तेल उत्पादन युद्ध–पूर्व स्तरभन्दा १४.४ ब्यारेलले घटेको छ । अप्रिलमा विश्वव्यापी आपूर्ति थप १.८ ब्यारेलले घटेर ९५.१ ब्यारेल पुगेको छ । फेब्रुअरीदेखि हालसम्म कुल १२.८ ब्यारेलको गिरावट देखिएको छ ।

होर्मुज स्ट्रिट बन्द हुँदा इराक र कुवेत जस्ता देशहरूले तेल निर्यात गर्न सकेका छैनन्, किनकि उनीहरू यही समुद्री मार्गमा निर्भर छन् । तर साउदी अरब र युएईले वैकल्पिक मार्गबाट निर्यात जारी राखेका छन् । इन्टरनेशनल इनर्जी एजेन्सीका अनुसार मार्चमा विश्वव्यापी तेल भण्डार १२९ मिलियन ब्यारेल र अप्रिलमा ११७ मिलियन ब्यारेलले घटेको छ । गर्मीमा माग उच्च हुने समयमा तेल बजारमा ठूलो मूल्य अस्थिरता देखिन सक्ने एजेन्सीले चेतावनी दिएको छ । 

भारतको तेल भण्डार सकिँदै गरेको खबरले नेपाललाई समेत प्रत्यक्ष असर पर्ने देखिएको छ । नेपालमा भारतबाटै डिजेल–पेट्रोल आयत हुने गरेको छ । भारत हुँदै आयात हुने इन्धन भारतमै सकिँदै गएको अवस्थाले नेपालमा समेत प्रत्यक्ष असर पर्ने जानकार बताउँछन् । नेपालले इण्डियन आयलबाट डिजेल–पेट्रोल किन्ने गरेको छ । मध्य पूर्वको द्वन्द्वका कारण भारतबाट नेपाल आउने इन्धनको मूल्य बढेको छ । जसका कारण नेपाली नागरिकको दैनिकी प्रभावित भएको छ । भारतबाट डिजेल–पेट्रोलको भाउ बढेर आउन थालेपछि नेपाल सरकारले पनि इन्धनको मूलय बढाएको छ । जसका कारण यातायातका साधनमा भाडादर बढेको छ । निर्माण क्षेत्र प्रभावित भएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.