पैसा पठाउन बन्द गरेपछि श्रीमानसँग मिलेर इन्जिनियर प्रेमीको हत्या

पैसा पठाउन बन्द गरेपछि श्रीमानसँग मिलेर इन्जिनियर प्रेमीको हत्या
सुन्नुहोस्

भारत : एक महिलाले भारत मुम्बईको वसईमा आफ्नै श्रीमानसँग मिलेर प्रेमीको हत्या गरेकी छन् । त्यसपछि शवलाई निलो ड्रममा हालेर नालामा फालिएको थियो । प्रहरीले शव बरामद गर्दै आरोपी महिलालाई पक्राउ गरेको छ ।

मेरठको ‘निलो ड्रम’ काण्ड धेरैलाई याद नै होला । त्यहाँ मुस्कान नामकी महिलाले आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरी शवलाई निलो ड्रममा राखेर माथिबाट सिमेन्ट हालेर लुकाएकी थिइन् । यस पटक भने घटना उल्टो भएको छ । मुम्बईको वसईमा एक महिलाले आफ्नै श्रीमानसँग मिलेर आफ्ना इन्जिनियर प्रेमीलाई कुटपिट गरी हत्या गरिन् । त्यसपछि शवलाई निलो ड्रममा हालेर नालामा फालियो । रिपोर्टअनुसार ती महिलाले प्रेमीसँग बारम्बार पैसा माग्ने गर्थिन् । जब प्रेमीले पैसा दिन अस्वीकार गरे, त्यसपछि दुवैले मिलेर उनको हत्या गरेका हुन् ।

मुम्ब्रा प्रहरीले २५ वर्षीया महिला र उनका भाइलाई पक्राउ गरेको छ । यस हत्याकाण्डमा महिलाका भाइ, श्रीमान तथा अर्का एक व्यक्ति पनि संलग्न रहेको प्रहरीले जनाएको छ । आरोपी श्रीमान र उनका साथी भने अझै फरार छन् । मृतक इन्जिनियरको पहिचान २६ वर्षीय अरबाज मकसुद अली खानका रूपमा भएको छ । उनी डोम्बिवलीस्थित एक रियल स्टेट डेभलपर कम्पनीमा काम गर्थे ।

प्रहरीका अनुसार मेहजबीन खातुन लामो समयदेखि अरबाजसँग सम्बन्धमा थिइन् । सुरुमा उनीहरूबीच सामान्य कुराकानी मात्रै हुने गथ्र्यो । पछि मेहजबीनले अरबाजसँग पैसा माग्न थालिन् । अरबाजले बेला–बेलामा मेहजबीनको खातामा पैसा पठाउने गर्थे । तर जब उनले पैसा पठाउन बन्द गरे, त्यसपछि मेहजबीन रिसाइन् र हत्या गर्ने योजना बनाइन् । 
 

मेहजबीनले आफ्ना श्रीमान र भाइसँग मिलेर हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । घटनाको दिन अरबाज आफ्नो कम्पनी गएका थिए, तर साँझ घर नफर्किएपछि उनका बुबाले मुम्ब्रा प्रहरी चौकीमा उजुरी दिएका थिए । अरबाजको मोबाइल लोकेशन ट्रयाक गर्दा उनी मेहजबीनको घरबाटै हराएको खुल्यो । प्रहरीले यो पनि पत्ता लगायो कि घटनाभन्दा एक दिनअघि मात्रै अरबाजले मेहजबीनको खातामा ५० हजार रुपैयाँ पठाएका थिए । सुरुमा मेहजबीनले हत्या स्वीकार नगरे पनि पछि अपराध स्वीकार गरिन् ।

प्रहरीका अनुसार तीन जनाले मिलेर अरबाजका हातखुट्टा बाँधे र प्लास्टिकको पाइपले निर्घात कुटपिट गरे । टाउकोमा गम्भीर चोट लागेपछि उनको मृत्यु भएको थियो । त्यसपछि आरोपितहरूले शवलाई निलो ड्रममा हालेर नालामा फालिदिएका थिए । प्रहरीले आरोपितहरूविरुद्ध बीएनएसको धारा १४०, ३ (५), १०३ (१) र २३८ अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.