भारत लैजाँदै गरेको ४० लाखको सामानसहित दुई जना पक्राउ

भारत लैजाँदै गरेको ४० लाखको सामानसहित दुई जना पक्राउ
सुन्नुहोस्

सिरहा : सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको कस्मेटिक सामान, मन्जन (टुथपेष्ट) र ओखरसहित ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित भारतीय सीमा क्षेत्रमा गोप्य सूचनाको आधामा नं. ७ गण हेड क्वार्टर सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ जनाको गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

nullसशस्त्रले ट्रकसहित तस्करीमा संलग्न भएको आरोपमा सिरहाको नवराजपुर गाउँपालिका– ५ का अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र सोही ठाउँका ३५ वर्षीय आनन्द यादवलाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लुकाइछिपाइ अवैध रूपमा लैजान लागिएको स.१ ख.५३५ नम्बरको सामान बोकेको ट्रकसहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । ट्रकमा विभिन्न प्रकारका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखरलगायतका सामान फेला परेको बताइएको छ ।

बरामद गरिएको सामान तथा सवारी साधनको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सामान र सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मांडर बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.