फिल्मी शैलीमा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

फिल्मी शैलीमा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा : भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालय झापा नजिकैबाट फिल्मी शैलीमा  इलेक्ट्रिक सिटी सफारी चोरी गर्ने गिरोह पक्राउ परेका छन्। लगातार तीनवटा सिटी सफारी प्रशासन कार्यालय नजिकैबाट चोरी भएपछि प्रहरीले विशेष अभियान चलाएर मुख्य आरोपिसहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

प्रहरीका अनुसार यी गिरोहले भद्रपुर, बिर्तामोड र काँकडभिट्टा लगायतका क्षेत्रमा विभिन्न मितिमा पार्किङ गरिएका दुई दर्जन बढी सिटी सफारी चोरी गरेको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ। प्रहरीले सीसीटीभी फुटेजको आधारमा गिरोहका सदस्यहरूलाई पक्राउ गरेको डीएसपी खड्काले बताए। 

शुक्रबार बिहान गिरोहका मुख्य योजनाकार मेचीनगर नगरपालिका-७ गैरीगाँउ अभिषेक चौधरी भन्ने रूपककुमार सरदार फेरि सफारी चोर्न सदरमुकाम भद्रपुरमा आइपुगे। तर, प्रहरीले चौधरीको हुलिया सीसीटीभी फुटेजका आधारमा पहिचान गरिसकेका थिए। चौधरीलाई जिल्ला अदालतको गेट बाहिर सादा पोसाकमा खटिएका प्रहरी टोलीले देखे लगत्तै पक्राउ गरेपछि घटनामा संलग्न अन्य गिरोहका सदस्यहरू पक्राउ परेको हो। 

चौधरी आफैं यात्रु बनेर सिटी सफारी चढेर भद्रपुर आउँथे। त्यसपछि चालकलाई प्रशासन कार्यालयको गेट उत्तरपट्टि पार्किङ गर्न लगाउँथे। अनि अदालतमा काम छ भन्दै सफारी चालकलाई लिएर जान्थेँ र अदालतमा चालकलाई अलमलाएर आफू चाहिँ सुटुक्क त्यहाँबाट निस्किएर पार्किङमा राखिएका सफारी लिएर फरार हुन्थे। योजनाकार चौधरी सफारीको मेकानिक भएकाले चाबी बिनै सफारी खोल्नेमा सिपालु छन्।  

यता पक्राउ पर्नेहरूमा चौधरीसहित बिर्तामोड नगरपालिका-७ मियावारिका ३१ मोहम्मद सलिम र मेचीनगर–१० का ३० वर्षीय अविशेक उराव रहेका छन्। त्यस्तै चोरिएका सिटी सफारीका ब्याट्रीहरू खरिद कार्यमा संलग्न अभियुक्तहरू बिर्तामोड नगरपालिका-५ बस्ने ४३ वर्षीय नसिम अख्तर, भारत बिहार राज्य किसनगन्ज जिल्ला स्थायी वतन भई अर्जुनधारा नगरपालिका ६ मा कोठा भाडा बस्ने २० वर्षीय एमडी जिगर आलम,अर्जुनधारा नगरपालिका ८ बस्ने ३२ वर्षीय सञ्जय चौधरी, मेचीनगर नगरपालिका ७ इँटाभट्टा बस्ने २० वर्षीय डिकेश राजवंशी, भारत पश्चिम बंगाल पानीटंकी घर भई मेचीनगर १४ चारआली बस्ने ३२  वर्षीय पान बर्मु, भारत पश्चिम बंगाल बेलङ्गा थाना घर भई मेचीनगर १४ चारआली बस्ने ३३ वर्षीय मोहम्मद साबिर मुल्ला र भारत पश्चिम बंगाल बरमपुर थाना घर भई मेचीनगर १४ चारआली बस्ने  ४७ वर्षीय आख्तरुल शेख रहेका छन्।

प्रहरीले चोरी भएका सात वटा सिटी सफारी, ब्याट्री र चार्जिङ कन्ट्रोलर बरामद गरेको छ। बरामद सामग्रीमध्ये सिटी सफारी थान–७ को अनुमानित मूल्य ७ लाख ५० हजार रुपैयाँ, ब्याट्री थान–२० को ४ लाख रुपैयाँ र चार्जिङ कन्ट्रोलर थान–१ को ५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामानको कुल मूल्य ११ लाख ५५ हजार रुपैयाँ बराबर रहेको छ।

प्रहरीले प्रदेश नं. १–०१–००२ ह १६३०, मे १ ह १०५५, प्रदेश १–०१–००१ ह ५२६, प्रदेश १–०१–००२ ह ४९२०, प्रदेश १–०१–००२ ह ३७८४, प्रदेश १–०२–००१ ह ८७१८ र प्रदेश १–०१–००२ ह २१७ नम्बरको सिटी सफारी फेला परेको डीएसपी खड्काले बताए।

त्यस्तै मेचीनगर नगरपालिका ७ इँटाभट्टामा रहेको कवाडी पसलबाट ब्याट्री ४ थान, मेचीनगर नगरपालिका १४ चारआलीस्थित कवाडी पसलबाट ब्याट्री ४ थान ,अर्जुनधारा नगरपालिका ८ शनिश्चरेस्थित कवाडी पसलबाट ब्याट्री ४ थान, अर्जुनधारा नगरपालिका ६ स्थित एमडी जिगर आलमको कोठाबाट ब्याट्री ८ थान, अर्जुनधारा नगरपालिका ११ बुट्टाबारीस्थित कवाडी पसलबाट ब्याट्री ४ थान र एक थान चार्जिङ कन्ट्रोलर बरामद भएको डीएसपी खडकाले बताए। 

प्रहरीका अनुसार पक्राउ परेकामाथि मुलुकी फौजदारी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको उनको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.