प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे पाँच अंकले बढ्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक साढे पाँच अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.५१ अंकले बढेर २७३७.४६ विन्दुमा पुगेको छ।
यसदिन ३७ वटा स्क्रिप्सको १ हजार ८८६ कित्ता सेयर ६ लाख ८१ हजार ७२६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !