रोहितको १२ औं एकदिवसीय अर्धशतक
काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले १२ औं एकदिवसीय अर्धशतक पूरा गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि कप्तान रोहितले ७६ बलमा २ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।
रोहितले तेस्रो विकेटका लागि इशान पाण्डेसँग १०४ रनको शतकीय साझेदारी बनाएका थिए।
प्रतिक्रिया दिनुहोस !