सदनप्रति प्रधानमन्त्रीमा एलर्जी देखियो : कांग्रेस

सदनप्रति प्रधानमन्त्रीमा एलर्जी देखियो : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीमा सदनप्रति ‘एलर्जी’ देखिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै कांग्रेस सांसद राईले सरकार र प्रधानमन्त्रीले संसदको मर्यादा कायम गर्नुपर्नेमा प्रधानमन्त्री सदनप्रति जिम्मेवार नहुने, एलर्जी नै हुने, परम्परा भत्काउँदै हिंड्ने, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैतिर हस्तक्षेप गर्दै हिंडेको आरोप लगाए । सांसद राईले अहिले सरकार क्रमभङ्गता शब्दमा रमाएको र सत्तारुढ दलका नेताहरु रफ्फु लगाउँदै हिंडेको टिप्पणी गरे ।

कांग्रेस सचेतक समेत रहेका राईले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरे । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउदै सदनलाई मर्यादित ढंगले अघि बढाउन प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका हुन् ।

उनले प्रधानमन्त्री र सरकार सदनप्रति जवाफदेही नभएसम्म हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने कार्य नरोकिने भएकाले बेलैमा सभामुख र सरकारको ध्यान जानुपर्ने बताए । पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहे पनि सभामुखको साथ प्राप्त नभएको उनले बताए । राईले सरकारले नै मर्यादा कायम गर्नु पर्नेमा सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेसी एलर्जी नै हुने जस्तो देखिएको उल्लेख गरे । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.