सशस्त्र प्रहरीका सात जवान अचानक बेहोस, हेलिकप्टरबाट काठमाडौं लगियो

सशस्त्र प्रहरीका सात जवान अचानक बेहोस, हेलिकप्टरबाट काठमाडौं लगियो

टीकापुर : टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका सात जना प्रहरी जवान बेहोस भएका छन् । उनीहरु सशस्त्र प्रहरी बल औद्योगिक राजश्व शिक्षालय टीकापुरमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिममा दौडिने क्रममा बेहोस भएका हुन् । बेहोस भएकामध्ये ६ जनालाई थप उपचारका लागि टीकापुर अस्पतालले काठमाडौं रिफर गरेको छ ।

एक जनाको भने टीकापुर अस्पतालमै उपचार भइरहेको छ । रिफर गरिएकामध्ये दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ भने अन्य चार जनालाई समेत काठमाडौं लैजाने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । बेहोस हुने प्रहरी जवानको परिचय सशस्त्र प्रहरीले खोलेको छैन । उनीहरु दुई सय मिटर दौडका क्रममा बेहोस भएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.