क्यानका अध्यक्षप्रति पद दुरुपयोगको मुद्दा, राखेपले माग्यो पाँच दिनभित्र जवाफ

क्यानका अध्यक्षप्रति पद दुरुपयोगको मुद्दा, राखेपले माग्यो पाँच दिनभित्र जवाफ
सुन्नुहोस्

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोगको मुद्दा दर्ता भएको छ । क्यानका अध्यक्ष चन्दमाथि २०८३ वैशाख १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पद दुरुपयोगसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

आयोगले सोही मुद्दालाई वैशाख २९ मा युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको थियो । यहि विषयलाई मन्त्रालयले वैशाख ३१ मा राखेपलाई १० दिनभित्र जवाफ माग गरेर पठाएको हो । राखेपले क्यानका अध्यक्षमाथि लागेका सम्पूर्ण आरोपलाई उल्लेख गर्दै उक्त विषयमा जवाफ पठाउन क्यानमा पत्रचार गरेको हो । 

क्यानका अध्यक्ष चन्दले अमेरिकामा भएको विश्वकपमा जर्सी तथा टिकटको पैसामा चलखेल गरेको बताइएको छ । अमेरिकामा भएको विश्वकपमा अध्यक्ष चन्द डाक्टरको कोटामा  अमेरिका गएको र आफ्नो श्रीमतीलाई पनि क्यानकै खर्चमा अमेरिका लगेको पत्रमा उल्लेख गरिएको छ । यसमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का पनि श्रीमतीसहित क्यानकै खर्चमा अमेरिकामा घुमेको बताइएको छ । 

पत्रमा सार्वजनिक कोष अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियाको दुरुपयोग गरेको, अपाङ्गता भत्ताको दुरुपयोग गरेको, वार्षिक साधारण सभा र विश्वकप जर्सी तथा टिकटमा अनियमितता भएको लगायतका विषयहरुमा जवाफ मागिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.