माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमीफाइनलमा
काठमाडौं : काभा महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
नेपालले माल्दिभ्सलाई २५-१२, २५- ९ र २५- २० ले पराजित गरेको हो।
पहिलो सेटमा तीन तिन बराबरीसम्म नेपालको प्रतिस्पर्धा गरेको माल्दिभ्सले त्यसपछि भने लय गुमायो। जसको फलस्वरूप नेपालले पहिलो सेट एकतर्फी रुपमा २५-१२ ले जित दर्ता गर्यो।
दोस्रो सेटको सुरुवात समयदेखि नै नेपालले अग्रता बनायो। दोस्रो हाफमा माल्दिभ्सले बराबरीको मौका नपाउँदा नेपालले दोस्रो सेटमा निकै सहज जित निकाल्यो।
तेस्रो सेटमा माल्दिप्सले राम्रो कमब्याक गर्ने प्रयास गर्यो। सुरुवाती समयमा अग्रता लिएको नेपालले बीचमा केही लय गुमाउँदा माल्दिभ्स पछ्याउँदै निकै नजिक आइपुगेको थियो। तर नेपालले खेलमा आफ्नो पक्षबाट जान दिएन। 
जीतसँगै नेपालले समूह चरणको तीन खेलबाट ७ अंक जोड्यो । समूह ए को नेपाल पहिलो खेलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदा दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो।
लगातार तेस्रो खेलमा पराजित माल्दिभ्स भने अंक विहीन रहँदै च्याम्पियनसिपबाट बाहिरिएको छ।
नेपाल आजको खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गर्ने दक्षमा हुनेछ । अघिल्ला दुई खेलबाट ४ अंक जोडेको नेपाल अहिले समूह ए को दोस्रो स्थानमा छ। भारत ५ अंकसहित शीर्ष स्थानमा रहँदा किर्गिस्तान ३ अंकका साथ तेस्रो स्थानमा छ । लगातार दुई हार भोगिसकेको माल्दिभ्स भने समूह चरणबाट बाहिरिसकेको छ।
एलिसाको राष्ट्रिय टिममा डेब्यू
नेपालको लागि माल्दिभ्ससँगको खेलको दोस्रो सेटको अन्तिम समयमा सुनिता खत्रीलाई प्रतिस्थापन गर्दै एलिसा मानन्धरले नेपालको राष्ट्रिय टिममा डेब्यू गरेकी छन्। उनी जारी प्रतियोगितामा नेपालको लागि डेब्यू गर्ने छैटौं खेलाडी हुन्। यससँगै नेपालले टोलीमा समावेश गरेको ६ जना नयाँ खेलाडीले राष्ट्रिय टिममा डेब्यू गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस !