एलजी इलेक्ट्रोनिक्सले ल्यायो नयाँ 'डुअलकुल एयर कन्डिसनर'
काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा बजारमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (RAC) श्रृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ । होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी यो उपकरण सार्वजनिक गरिएको हो।
नयाँ डुअलकुल एयर कन्डिसनरमा “किलोवाट म्यानेजर” नामक स्मार्ट विद्युत्व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ,जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो ।
उक्त उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निरवान चौधरीले गरेका हुन्। यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धी थपेको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका महाप्रबन्धक गौरव हमालले ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा,यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले भने,'एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई आफ्नो विद्युत्खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण प्रदान गर्छ । ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा,यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने हाम्रो विश्वास छ ।'
नयाँ श्रृंखलाको मुख्य आकर्षण नै एलजीको “किलोवाट म्यानेजर” हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुर्याउँछ।
एयर कन्डिसनरको भित्री वातावरणमा धुलो तथा ब्याक्टेरिया जम्मा हुने भएकाले स्वच्छ हावा प्रवाहबारे चिन्ता रहन सक्छ । एलजीको “फ्रिज क्लिन” प्रविधिले इभापोरेटरमा जम्मा भएका अशुद्धिहरू वरिपरि बरफको तह बनाउँछ । बरफ पग्लिने क्रममा ती कणहरू ड्रेनेजमार्फत बाहिर निकालिन्छन्, जसले उपकरणको भित्री भाग सफा राख्न सहयोग पुर्याउँछ ।
'फ्रिज क्लिन' सुविधाले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरियामध्ये ९९ प्रतिशतसम्म हटाउन सक्षम रहेको परीक्षणले देखाएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !