हैदराबादलाई एलिमिनेटरमा हराउँदै राजस्थानले दोस्रो क्वालिफायरमा गुजरातसँग खेल्ने
काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल २०२६ को एलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गरेको छ।
हैदराबादलाई पराजित गरेसँगै राजस्थानले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।न्यु चन्डिगढस्थित, महाराजा यादाविन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो।
राजस्थानले दिएको २४४ रनको विजयी लक्ष्य पछाएको सनराइजर्स हैदराबाद १९.२ ओभरमा १९६ रनमा अलआउट भए।
हैदराबादको लागि नितेश कुमार रेड्डीले सर्वाधिक ३८ रन बनाए। उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनर ब्याटर अभिषेक शर्मा डक आउट भए। ट्राभिस हेडले १७ रन बनाउँदा इशान किसनले ३३ रन बनाए। हेनरिच क्लासेनले १८, सलिल अरोराले ३५ रन बनाए। शिवाङ कुमार
हैदराबादलाई सस्तैमा समेट्न राजस्थान रोयल्सका जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। आन्द्रे बर्गर, सुशान्त मिश्र र रविन्द्र जडेजाले २-२ विकेट लिए। यशराज पुन्जाले १ विकेट लिए।
पहिलो इनिङ्समा ब्याटिङ गरेको राजस्थान रोयल्सको लागि युवा ब्याटर वैभव सूर्यवंशीले आक्रमक पारी खेले। उनले २९ बलमा ५ चौका र १२ छक्का प्रहार गरे। अर्का ओपनर यशस्वी जैसवालले २९ रन बनाए। यी दुई ब्याटरले पहिलो विकेटका लागि १२५ रनको शतकीय साझेदारी बनाएका थिए। ध्रुव जुरेलले ५० रनको अर्धशतकीय पारी खेले। कप्तान रियान परागले २६ रन जोडे। डोनोभान फरेरा र रविन्द्र जडेजाले १२/१२ रन बनाए ।
सनराइजर्स हैदराबादका लागि प्रफुल हिन्ज ३ विकेट लिए। इशान मालिङ्गा, शिलाङ्ग कुमार र नितेश कुमार रेड्डीले १-१ विकेट लिए।
जितसँगै राजस्थान रोयल्सले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ। हारसँगै सनराइजर्स हैदराबाद भने उपाधि होडबाट बाहिरिएको छ। गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) फाइनल प्रवेश गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !