ट्रेड युनियन अधिकार र श्रमिकमैत्री बजेटको माग गर्दै खबरदारी अभियान
काठमाडौं : ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ । ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेटका लागि भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म खवरदारी अभियानसहित प्रदर्शन गरेको हो ।
उनीहरूले ट्रेड युनियन अधिकार हनन गर्न पाइँदैन,राष्ट्रिय श्रम आयोग गठन गर,सहकारी पीडितलाई न्याय दे,उपदान पेन्सनमा लगाइएको कर खारेज गर,जीउन पुग्ने पारिश्रमिक कायम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तर्राष्ट्रिय कानुनको समेत उलंघन गर्दै ट्रेड युनियन अधिकार खारेज गर्ने काम उचित नभएको बताए । उनले ट्रेड युनियन अधिकारलाई विधिसम्मत ढंगले अघि बढाउन सरकारसँग छलफल गर्न आफूहरू तयार रहेको उल्लेख गरे।
ट्रेड युनियन क्षेत्रमा कमीकमजोरी भए त्यसलाई सुधार गर्न तयार भएपनि सरकारले एकपक्षीय ढंगले श्रमिकको अधिकार हनन गर्ने काम स्वीकार्य नहुने उनले बताए । ट्रेड युनियन खोरेजीको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा समेत उठाउने ट्रेड युनियन कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !