रौतहटको गढिमाईमा आगलागी
रौतहट : गढिमाई नगरपालिका -९ मलाही टोलका आगलागी भएको छ। स्थानीय सुमिन्द्र सहनीले चिलमिलिया टोलमा सञ्चालन गरेको कुखुरा फार्ममा बिजुलीको तार सर्ट भई आगलागीबाट ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागी स्थानीय र प्रहरीको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आई सकेको प्रहरीले जनाएको छ। आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन।
प्रतिक्रिया दिनुहोस !