भारतको हमिरपुरमा पुल भत्किँदा छजना मजदुरको मृत्यु

भारतको हमिरपुरमा पुल भत्किँदा छजना मजदुरको मृत्यु
सुन्नुहोस्

काठमाडौं : भारतको उत्तर प्रदेशको हमिरपुरमा निर्माणाधीन पुल भत्किँदा छजना कामदारको मृत्यु भएको छ। भग्नावशेषमुनि पुरिएका तीनजना कामदारलाई उद्धार गरी अस्पताल लगिएको छ।

स्थानीय अधिकारीहरूका अनुसार बिहीबार राति निर्माणाधीन अवस्थामा रहेको पुल भत्किएको हो। अचानक निर्माणाधीन संरचना भत्किँदा कामदारहरू भग्नावशेषमुनि पुरिएका थिए।

मृत्यु हुने कामदारमध्ये दुई जना हमिरपुरका र चारजना बांदाका थिए। अतिरिक्त एसपी अरविन्द कुमार वर्माले बीबीसी हिन्दीलाई भने,'पुल भत्किँदा छजना मजदुरको मृत्यु भएको छ। भग्नावशेषमुनि पुरिएका तीनजना मजदुरलाई उद्धार गरिएको छ। दुर्घटना हुँदा मजदुरहरू काम गरिरहेका थिए।'

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। अधिकारीहरूका अनुसार राहत र उद्धार कार्य रातभर जारी छ। जेसीबीको सहयोगमा भग्नावशेष हटाएर कामदारहरूलाई बाहिर निकालिएको थियो। दुर्घटनापछि पुल निर्माणको गुणस्तर र सुरक्षा मापदण्डमाथि प्रश्न उठिरहेको छ।

जिल्ला प्रशासन र सार्वजनिक निर्माण विभागका अधिकारीहरू घटनास्थलमा पुगेका छन्। अधिकारीहरूले घटनाको अनुसन्धान गर्न आदेश दिइएको बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.