आर्थिक वर्ष २०८३/८४ को बजेट
ऊर्जा उत्पादन,प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड विनियोजन
काठमाडौं :सरकारले आगामी आर्थिक वर्षमा ऊर्जा उत्पादन,प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसबारे जानकारी गराएका हुन्।
यसैगरी मन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा जलविद्युत आयोजनाबाट ६७० मेघावाट र सौर्य आयोजनाबाट ३७० मेघावाट गरी १ हजार ४० मेघावाट राष्ट्रिय प्रशासरण प्रणालीमा हुँदा कूल जडित क्षमता ५ हजार ५३५ मेघावाट पुग्ने जनाए।
४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षमा सम्पन्न हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस !