आर्थिक वर्ष २०८३/८४ को बजेट
जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरिने
काठमाडौं : सरकारले जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसबारे जानकारी गराएका हुन्।
उनले स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन ,प्रमाणीकरण र प्रत्यानका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिने बताए। कर्णाली र सुदूरपश्चिमलगायत दूर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ। संघीय विशिष्टकृत अस्पतालमा जलन उपचारका युनिट स्थापना गरिने मन्त्री वाग्लेले बताए।
प्रतिक्रिया दिनुहोस !