शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम सञ्चालन हुने
काठमाडौं : सरकारले सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम संचालन गर्ने जनाएको छ।
शुक्रबार अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड विनियोजन गरेको बताए।
अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्ने,विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउने अर्थमन्त्री वाग्लेले बताए।
उनले विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा पाँचदेखि कक्षा आठसम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम संचालन गर्ने, मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय संचालन गर्ने बताए।
त्यस्तै अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य क्षेत्रका लागि १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनमा कर छुट सुविधा दिने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस !