एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न
सुन्नुहोस्

एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सोमबार काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भई सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ। 

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद शेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरू पारित गरेको छ। सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र  अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.