सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए

सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए

ओखलढुङ्गा : सगरमाथा आरोहण गरी फर्कने क्रममा ‘डेथ जोन’ नजिकैबाट हराइरहेका ओखलढुङ्गाका हिमाल आरोही गाइड दावा शेर्पा (हिलारी दावा) ६ दिनपछि फेला परेका छन् ।

वसन्त ऋतुको आरोहण सिजनको अन्तिम दिन (मे २९) देखि क्याम्प–३ को ‘यल्लो ब्यान्ड’ (७,६०० मिटर) क्षेत्रबाट बेपत्ता भएका शेर्पा आज खुम्बु आइसफलको क्रयाम्पन पोइन्ट नजिकै घस्रिँदै आधार शिविरतर्फ आउँदै गरेको अवस्थामा फेला परेका हुन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले उनलाई देखेर तत्काल उद्धार गरेका थिए ।
यस्तो थियो घटनाको पृष्ठभूमि

‘हिमालयन ट्राभर्स एड्भेन्चर’ मार्फत एक पोलिस पर्वतारोहीलाई गाइड गरेर मे २८ को साँझ ढिलो गरी सगरमाथाको चुचुरो पुगेका दावा फर्कने क्रममा जेठ १५ (मे २९) मा बेपत्ता भएका थिए । उनका पोलिस क्लाइन्टलाई गम्भीर फ्रस्टबाइट भएपछि सँगै रहेका अन्य आरोहीहरू उनलाई बचाउन व्यस्त रहँदा दावा शेर्पा ७,६०० मिटरको उचाइमा थकाइ मार्न बस्दाबस्दै टोलीबाट छुटेका थिए ।

उद्धारमा लापरबाहीको आरोप र आलोचना
दावा शेर्पा हराएको तीन दिनसम्म पनि सम्बन्धित एजेन्सीले सक्रिय रूपमा खोजतलास नगरेको र पर्वतारोहण सिजन सकिएको भन्दै आइसफल डक्टरहरूले खुम्बु आइसफलको बाटो र भर्‍याङहरू समेत हटाइसकेका थिए । ‘सबैले आशा मारिसकेको र हिमाल बन्द भइसकेको अवस्थामा उनी आफै हिउँको कठोर यात्रा पार गर्दै तल ओर्लिएको एउटा अविश्वसनीय  खबरले चर्चा पाएको छ । उनलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी प्राप्त भएको पर्यटन व्यवसायी तथा युवा आरोही आङबाबु शेर्पा जानकारी दिए । 

अघिल्लो वर्ष पनि उनी ट्रेकिङकै क्रममा मनाङमा केही समय हराएर पछि फेला परेका थिए । यस पटक लामो समयसम्म (करिब ६ दिन) बिना खाना र अक्सिजन माइनस डिग्रीको चिसोमा बिताएका दावाको हातका औंलाहरूमा गम्भीर ‘फ्रस्टबाइट’ देखिएको छ । अत्यधिक कमजोरीका कारण उनी बोल्न सक्ने अवस्थामा छैनन् । बेसक्याम्पमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ। हिमालमा सहयोगीका रूपमा जाने नेपाली शेर्पाहरूको सुरक्षा र उद्धार बिमाको प्रभावकारितामाथि यो घटनाले पुनः गम्भीर बहस सिर्जना गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.