हिमालको छायाँदेखि सफारी टुरिजमसम्म

वातावरणमैत्री पर्यटन

हिमालको छायाँदेखि सफारी टुरिजमसम्म
सुन्नुहोस्

मौसमी फरकपन नेपालको अद्वितीय विशेषता हो। यो नेपालको विशेष सम्पत्तिासमेत हो। नेपालको प्राकृतिक सुन्दरता विश्वमै गर्विलो छ। छोटो यात्रामै पहाड र तराईको स्वाद लिन सकिन्छ।

विश्व पर्यटन मञ्चका अध्यक्ष हुन्, बुलुट बाग्ची। उनी टर्कीका स्थापित पर्यटन व्यवसायी हुन्। जो पर्यटनलाई हरियो इन्धन मान्दछन्। भनौं, यसले प्राकृतिक स्थलहरूमा वैदेशिक लगानी भित्र्याउँछ। उनले नेपालको भौगोलिक विविधताको प्रशंसा गरेका छन्। किनकि मौसमी फरकपन यहाँको अद्वितीय विशेषता हो। यो नेपालको विशेष सम्पत्तिसमेत हो। नेपालको प्राकृतिक सुन्दरता विश्वमै गर्विलो छ। छोटो यात्रामै पहाड र तराईको स्वाद लिन सकिन्छ।

बाग्चीको नेपाल यात्रा र अनुभव : बाग्ची केही सातापहिले नेपाल आएका थिए। उनी वाइल्ड नेपाल सफारी मार्टमा सहभागी भए। जुन कार्यक्रम सौराहा र मेघौलीमा भएको थियो। पहिलोपटक नेपाल आएका बाग्ची निकै झुमे। उनको कुरा सुन्दा मेघौली सम्झना भयो। होटल वाराहीदेखि गोलाघाटसम्मको डुंगा सयर सम्झिएँ। करिब एक घण्टाको त्यो यात्रा निकै रोचक, रमणीय र मनमोहक थियो। नारायणी नदी किनारको प्राकृतिक लिला झनै गजबको। 

रंगीचंगी चराहरू नारायणी नदीमा प्रेम साट्दै थिए। चिबे चरा नदीकिनारमा प्रेमिका फकाउँदै थियो। उसको शिरमा बैजनी कल्की थियो। मयूरका जोडीहरू फैलाएका प्वाँख चम्काउँदै थिए। उनीहरू आपसमा भलाकुसारी गरिरहेका देखिन्थे। कञ्चन पानीमा एकसिंगे गैंडा नुहाउँदै थियो। त्यो दृश्य निकै शान्त र लोभलाग्दो देखिन्थ्यो। इन्द्र भगवान् पनि स्वर्गबाट यो हेर्दै होलान्।

जंगली हात्तीको त्रास र रोमाञ्चकता  नदीको पल्लो किनारमा ठूलो हात्ती थियो। त्यसले हामीलाई नै नियालिरहेको जस्तो लाग्थ्यो। डरलाग्दो देखिने त्यो हात्ती हामीतिरै अगाडि बढ्दै थियो। जंगली हात्तीले मानिस मारेका समाचार सुनेकी थिएँ। त्यसैले सायद मनमा डरले बास गरिरहेको महसुस गरायो। हात्ती नदीमा हाम्फाले डुंगा के होला ? हाम्रो सानो काठको डुंगा बबुरो बन्नेवाला थियो। त्यसैले होला, डुंगा चालक निकै होसियार देखिन्थे। उनले नदीको चालअनुसार धार बदल्दै थिए। हुन त डुंगाका अगाडि ‘नेचुरल गाइड’हरू बसेका थिए– होमबहादुर कुमाल र गोविन्द थनेत। उनीहरू हरेक दृश्य र चित्र बुझाउँदै थिए हामीलाई।

साइबेरियन चरा र जैविक सौन्दर्य सुनमा सुगन्ध बनेर देखिए। उनीहरू मीठो शैलीमा इतिहास सुनाउँदै थिए। मानौं, जंगली जनावर र गोहीका किस्सा भन्दै थिए। साइबेरियाबाट बसाइँ सरेका चराको कथा सुनाएझैं भयो मलाई। लाग्थ्यो, उनीहरू सौराहाको वातावरणमा घर फर्कन बिर्सिएछन्। यतै रत्तिएर उनीहरूले नयाँ संसार बनाएको हुनुपर्छ, यस्तै लाग्यो। नदीकिनारको भित्तोमा गौथली र भँगेरा थिए। उनीहरूले ठुँगेरै आरामदायी घर बनाइरहेका थिए। उनीहरूको मेहनत र कला साँच्चिकै विश्वस्तरीय थियो। सेतो लुगा लगाएको बकुल्ला नाचे झैं देखिन्थ्यो। उसले त छुट्टै मादकता छरिरहेको भान हुन्थ्यो। तर पनि बाघले मान्छे खाएका किस्साले मन आत्तिन्थ्यो।

सफारी टुरिजम हबको नयाँ सम्भावना : पर्यटन व्यवसायी सुमन घिमिरे चितवनका हुन्। सरकारले सफारी टुरिजम हब बनाउनुपर्ने उनी बताउँछन्। भन्छन्, ‘नेपाललाई जहिल्यै हिमालय र हिमालका रूपमा ब्रान्ड गरियो। साहसिक खेलको रूपमा मात्रै यसलाई चिनियो। यसले गर्दा अन्य सम्भावना पछाडि परे। हामी जंगल देखाएर पर्यटक लोभ्याउन सक्छौं। अफ्रिकाले ‘बिग फाइभ’ ब्रान्ड त्यसै पाएको होइन।’ जंगलमा हामीसँग दुर्लभ एकसिंगे गैंडा छ। 

रेड पाण्डा र कस्तूरी मृगहरू यहाँ छन्। सयौं चराचुरुंगी र पानीका जलचरहरू छन्। पाटेबाघ र नौरंगी डाँफे मुनाल पनि छन्। वन्यजन्तु संरक्षण र आर्थिक महत्वको त कुरागरी साध्ये छैन। यी सबै जनावर र चराहरू नेपालमा पाइन्छन्। यिनको एक झल्को हेर्न विदेशीहरू आउँछन्। उनीहरू लाखौं रुपैयाँ खर्चेर नेपाल आइपुग्छन्। त्यसैले भन्छु– जंगल संरक्षण गरेर सफारी टुरिजम बढाउनुपर्छ। यसै पनि विश्वले पदयात्रालाई मात्र प्राथमिकता दिने गरेको छ। 

दक्षिणको तराई भाग त जैविक विविधताले झनै पूर्ण छ। वाइल्डलाइफ सफारी आफैंमा विश्वस्तरीय उत्पादन पनि हो। अब यति भएपछि के बाँकी रह्यो र ?
हिमालयको छायाँबाट तराईको जंगलतर्फ : नेपालको पर्यटन उद्योग ऐतिहासिक रूपमै केन्द्रित छ। यो सगरमाथा र हिमालय पर्वतमाला वरिपरि छ। हिमालको देशको परिचयले अर्को पाटो छेकियो। सफारी पर्यटन यसरी छायाँमा परिरहेको देखिन्छ। नेपाल आउने पर्यटकमध्ये थोरै मात्र तराई पुग्छन्। मुस्किलले २० प्रतिशतमात्र त्यहाँ पुग्ने गर्छन्। उनीहरू चितवन, बर्दिया र कोशीटप्पु पुग्छन्। 

नेपालको कुल भू–भागको ठूलो हिस्सा संरक्षित छ। करिब २५ प्रतिशत क्षेत्र यसैअन्तर्गत पर्छ। राष्ट्रिय निकुञ्ज, आरक्ष र मध्यवर्ती क्षेत्रहरू छन्।
अफ्रिकी देश झैं आफ्नै ब्रान्डिङको आवश्यकता महसुस गर्ने कि सरकार ? यिनले देशभित्रै रोजगारी सिर्जना गर्न सक्छन्। भौगोलिक बनावटले थोरै दूरीमा पर्यावरणीय परिवर्तन देखिन्छ। यो नाटकीय परिवर्तन निकै लोभलाग्दो छ। समुद्री सतहबाट ६० मिटर उचाइमा जंगल छन्। उष्ण प्रदेशीय यी जंगल सफारीका लागि उत्कृष्ट हुन्। चितवन र बर्दिया निकुञ्ज विश्वमै प्रख्यात छन्। यी एकसिंगे गैंडा र पाटेबाघका लागि चिनिन्छन्।

सफारीका विविधता र बाह्रै महिनाको गन्तव्य : अफ्रिकी देशहरूमा ‘बिग फाइभ सफारी’को चर्चा हुन्छ। नेपालले पनि आफ्नै ‘ब्रान्डिङ’ गर्न सक्छ। बाघ, गैंडा, हात्ती, गोही र हिउँचितुवा समेट्न सकिन्छ। हिउँचितुवालाई हिमाली सफारीका रूपमा राख्न सकिन्छ। तर हाम्रो बेवास्ताले यो ब्रान्डिङ छुटिरहेको छ। चितवनको घना जंगल र बर्दियाको विशाल फाँट छ हाम्रै नेपालमा। शुक्लाफाँटाको घाँसेमैदान र कोशीटप्पुको अर्ना प्रसिद्ध छन्। चरा अवलोकनका लागि यी क्षेत्र विशेष छन्। त्यहाँ पुग्ने हरकोही मानिस आफूलाई बिर्सिन्छ। यी सबैले अर्थतन्त्रमा योगदान दिन्छ किनकि यी विषयले बसाइ लम्ब्याउने उपाय दिइरहेको छ। हो, यात्रीले सारा दौडधूप र तनाव बिर्सिन्छ। जंगल पुगेर यात्री अद्वितीय दृश्यमा रमाउँछ। निश्चित छ कि वन्यजन्तुका क्रियाकलाप हेरेर मानिस मग्न हुन्छ।

हिमाल आरोहण र पदयात्रा केही मौसममा सीमित छ। तराईका जंगलहरूमा बाह्रैमहिना सफारी सम्भव छ। वर्षाको केही समय छाडेर यो सधैं सञ्चालन हुन्छ। नेपालका लागि यो आर्थिक उपार्जनको मुख्य बाटो हो। त्यसैले बुझौं, लाखौंले देशभित्रै रोजगारी पाउन सक्ने क्षेत्र हो। यो आर्थिक विकास र पर्यटनको प्रमुख माध्यम बन्छ। जंगल सफारीबाट राजस्व उठ्ने व्यवस्था छ। 

यसको ५० प्रतिशत हिस्सा स्थानीय तहमा जान्छ। यो रकम विकास र संरक्षणमा खर्च हुने प्रावधान छ। पर्यटनको परिभाषा फराकिलो बनाउने बेला यसले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न मद्दत गर्छ। संरक्षणमा स्थानीय जनसहभागिता जुटाउन सहयोग पुग्छ। ट्रेकिङ वा हिमाल हेर्न पर्यटक आउँछन्। उनीहरूलाई तराईको सफारी प्याकेजमा लैजाने कि ? यसो गर्दा उनीहरूको बसाइ थप लम्बिन सक्छ। बसाइ ४–५ दिन लम्ब्याउन सहज हुनेछ। यसले राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष योगदान दिनेछ। नेपालले पर्यटनको परिभाषा फराकिलो बनाउनुपर्छ। हिमाल हाम्रा मुकुट हुन् भने जंगल आधार हुन्। सफारी पर्यटनलाई हिमाल जत्तिकै प्राथमिकता दिनुपर्छ।

स्थानीय बासिन्दाको अपनत्व र समृद्धि : अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरे नेपाल पूर्ण गन्तव्य बन्नेछ। दिगो पर्यटनको नीति अपनाउनु आजको आवश्यकता हो। वन र वन्यजन्तु संरक्षणसँगै सफारी बढाउनुपर्छ। लोप हुन लागेका वन्यजन्तु हेर्न पाउनु मुख्य आकर्षण हो। एकसिंगे गैंडा र पाटेबाघ नजिकबाट हेरिन्छ। वाइल्डलाइफमा रुचि राख्ने पर्यटक बढी खर्च गर्छन्। उनीहरू प्राय: लामो समय बस्ने खालका हुन्छन्। यसले होटल, रेस्टुरेन्ट र यातायातको व्यापार बढाउँछ। सफारी पर्यटन र संरक्षण एकअर्काका पूरक हुन्। जंगलबाट प्रत्यक्ष आम्दानी भए स्थानीय बासिन्दा अग्रसर हुन्छन्। उनीहरू आफैं वन्यजन्तु जोगाउन क्रियाशील बन्नेछन्। नेपालको पर्यटनलाई समृद्ध बनाउने हाम्रो लक्ष्य हुनुपर्छ। हामीले हिमालको उचाइ र जंगलको गहिराइ बेच्नुपर्छ। हिमाल आउने पर्यटकलाई जंगलसम्म पुर्‍याउनुपर्छ।

नेपाल पर्यटन बोर्डको नयाँ प्रयास र भविष्यको दिगो पर्यटन : यसले नेपालको वास्तविक विविधता विश्वले चिन्नेछ। सफारी पर्यटन अब नेपालको वैकल्पिक माध्यम होइन। यो अनिवार्य र प्रमुख पर्यटन उत्पादन हुनुपर्छ। प्रकृतिको वरदान सही ढंगले सदुपयोग गर्नुपर्छ। नेपालले समृद्धिको सपना पर्यटनबाटै पूरा गर्न सक्छ। पर्यटन बोर्डले हालै ‘सफारी मार्ट’ सुरु गर्‍याे। मेघौलीमा यसको औपचारिक सुरुवात भएको हो। वन्यजन्तु पर्यटन विश्व मञ्चमा पुर्‍याउनुपर्छ।

नेपाल केवल हिमालका लागि मात्र परिचित छैन। यो समृद्ध जैविक विविधताका लागि योग्य छ। यहाँ जीवित संस्कृति र विश्वस्तरीय वन्यजन्तु पर्यटन छ। नेपालले विश्वको थोरै भूभाग मात्र ओगटेको छ। यो हिस्सा ०.१ प्रतिशतभन्दा पनि कम छ। तर यहाँ रोयल बंगाल टाइगर पाइन्छ। हिउँ चितुवा पनि यहाँ संरक्षित छन्। दुर्लभ रेड पाण्डाजस्ता अद्वितीय वन्यजन्तु पनि छन्। नेपालले जैविक विविधताको राम्रो संरक्षण गरेको छ। भविष्यको पर्यटन संख्या 
र आम्दानीमा मात्र सीमित हुँदैन। यति बुझे पुग्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.