अश्रुग्यास हानेर ९० लाखको फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुङ्गामुडा

अश्रुग्यास हानेर ९० लाखको फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुङ्गामुडा
सुन्नुहोस्

रौतहट : नेपाल–भारत सीमाबाट रौतहट प्रहरीले अश्रुग्यास प्रहार गरेर ९० लाख बढीको अवैध फर्सीको बीउ बरामद गरेको छ । बरामद बीउ ३ सय २२ बोरामा १२ हजार ८ सय ८० किलोग्राम रहेको प्रहरीले जनाएको छ । 

बीउ नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा गर्ने क्रममा ६ जना सामान्य घाइते भएका छन् । बरामद सामग्री भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ साढे ७ बजे बौधीमाई नगरपालिका–७ स्थित बंकुल टोल क्षेत्रमा छापा मारेको थियो । 

सीमावर्ती बाटो नजिक त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त ठूलो परिमाणमा फर्सीको बीउ फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।  बरामद बीउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले उपरीक्षक रिजालले जानकारी दिए । 

विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले उक्त फर्सीको बीउ नियन्त्रणमा लिने क्रममा ढुङ्गामुडा हुँदा ३ प्रहरी र ३ स्थानीय गरेर ६ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ । सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको उपरीक्षक रिजालले बताए ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.