बेइजिङमा नेपाल–चीन उच्चस्तरीय वार्ता

बेइजिङमा नेपाल–चीन उच्चस्तरीय वार्ता
सुन्नुहोस्

काठमाडौं : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। खनालले चीनको पूर्ण पुनर्एकीकरणलाई नेपालको समर्थन रहने उल्लेख गर्दै नेपाली भूमि चीनको हितविपरीत प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

चिनियाँ सरकारी मुखपत्र ‘चाइना डेली’ ले दुई नेताबीच बेइजिङमा भएको वार्ताको अंश प्रकाशन गर्दै नेपाल–चीन सम्बन्धका विविध आयामबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चाइना डेलीका अनुसार भ्रमणका क्रममा दुवै पक्षबीच राजनीतिक विश्वास, आर्थिक सहकार्य, पूर्वाधार विकास, व्यापार, लगानी तथा क्षेत्रीय विषयमा विस्तृत छलफल भएको छ।

सोमबार बेइजिङमा परराष्ट्रमन्त्रीस्तरीय औपचारिक वार्ताका क्रममा नेपाल र चीनबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, सूचना प्रविधि, डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल तथा पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषणका विषयमा विस्तृत छलफल भएको थियो। चाइना डेलीले चीनले नेपाललाई आफ्नो छिमेकी कूटनीतिमा विशेष महत्व दिएको उल्लेख गर्दै परम्परागत मित्रता र रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पु‍र्‍याउन इच्छुक रहेको जनाएको उल्लेख गरेको छ। 

वार्तामा सहभागि परराष्ट्रका उच्च अधिकारीका अनुसार वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा बढ्दो पश्चिमा प्रभाव, विशेषगरी एमसीसी र एसपीपीजस्ता विषयबारे चासो दिएका थिए। जवाफमा परराष्ट्रमन्त्री खनालले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति दृढ रहेको तथा कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका थिए। उनले नेपालले एक–चीन नीतिलाई निरन्तर समर्थन गर्ने र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि दोहो‍र्‍याएका थिए।

नेपालले वार्तामा ताइवान र तिब्बतसम्बन्धी विषयलाई चीनको आन्तरिक मामिला मानेको पुनः स्पष्ट गर्दै एक–चीन नीतिप्रति आफ्नो अडान दोहोर्‍याएको थियो। प्रत्युत्तरमा चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको सम्मान गर्दै नेपालको विकास र सुशासनका प्राथमिकतामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

परराष्ट्रमन्त्री खनालले हालै भारत र चीनबीच लिपुलेक मार्ग हुँदै तीर्थयात्री आवतजावत तथा व्यापार सञ्चालनसम्बन्धी निर्णयप्रति नेपालको असहमति पनि चिनियाँ पक्षसमक्ष राखेका थिए। चिनियाँ विदेशमन्त्री वाङले उक्त विषय नेपाल र भारतबीचको सीमासम्बन्धी मुद्दा भएकाले कूटनीतिक संवादमार्पmत समाधान खोज्न आग्रह गरे।

चिनियाँ पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार अनुसन्धानबारे पनि चासो व्यक्त गरेको थियो। त्यसको जवाफमा परराष्ट्रमन्त्री खनालले उक्त विषय सरकारको नभई न्यायिक प्रक्रियासँग सम्बन्धित भएकाले निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियामा विश्वास गर्न आग्रह गरेका थिए।
मंगलबार परराष्ट्रमन्त्री खनालले चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गरेका छन्। भेटमा विकास सहयोग, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान–प्रदान तथा जनस्तरको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो। खनालले नेपाल–चीनबीचको लामो समयदेखिको मित्रतालाई थप प्रगाढ बनाउन चिनियाँ नेतृत्व प्रतिबद्ध रहेको बताएका छन्।

यस्तै, उनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्र्तराष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग समेत भेटवार्ता गरेका थिए। भेटमा पार्टी–पार्टी सम्बन्ध, सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास अनुभव आदान–प्रदान तथा नेपाल–चीन जनस्तरीय सम्बन्ध विस्तारका विषयमा छलफल भएको बताइएको छ।

वार्ताका क्रममा चीनले उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहकार्य विस्तार गर्न तथा विद्युत् प्रसारण, सडक, नाका तथा अन्य कनेक्टिभिटी परियोजनालाई प्राथमिकता दिन प्रस्ताव गरेको छ। साथै, नेपाललाई रासायनिक मल उपलब्ध गराउने तथा नयाँ प्रविधि, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न सकारात्मक संकेत दिएको छ। दुवै पक्षले विगतमा भएका सहमति तथा समझदारीहरूको शीघ्र कार्यान्वयन गर्ने सहमति जनाएका छन्। परराष्ट्रमन्त्री खनाल बुधबार स्वदेश फर्किने कार्यक्रम छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.