कृषकको आम्दानी बढाउन ‘कृषि एम्बुलेन्स’

कृषकको आम्दानी बढाउन ‘कृषि एम्बुलेन्स’

धादिङ : धादिङको नीलकण्ठ नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको सहज संकलन तथा बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर–८ सहित नगर क्षेत्रभित्रका कृषकबाट उत्पादित तरकारी, फलफूल, दूध, मासु लगायत कृषि तथा पशुजन्य वस्तु संकलन गरी बजारसम्म पुर्‍याउने उद्देश्यले आकुरा कृषि तथा पशुपंक्षी सहकारीमार्फत एक गाडी र एक स्कुटर खरिद गरिएको छ ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार खरिद गरिएका सवारी साधन कृषक बजार कार्यक्रममार्फत नियमित रूपमा सञ्चालन गरिने छ । यसले कृषकले उत्पादन गरेको उपज घरदैलोबाट संकलन गरी उपभोक्तासम्म पु¥याउन सहज हुने विश्वास लिइएको छ । कृषि एम्बुलेन्स सञ्चालनसँगै कृषकले उत्पादन बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या कम हुने ढुवानी खर्च घट्ने तथा ताजा कृषि उपज उपभोक्तासम्म पुग्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले यस कार्यक्रमलाई कृषकको आम्दानी वृद्धि र स्थानीय उत्पादनको प्रवद्र्धनसँग जोडेर अघि बढाएको जनाएको छ ।

स्थानीय कृषकहरूले कृषि एम्बुलेन्स सञ्चालन भएपछि उत्पादनको उचित मूल्य पाउन र बजार पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाको यो पहलले कृषि व्यवसायलाई थप व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.