बसपार्कबाट रतुवा मृगको उद्धार
गोरखा : गोरखाको बसपार्कबाट रतुवा मृगको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले मंगलबार बिहान १० बजे बसपार्कस्थित एक सुन पसलबाट मृगको उद्धार गरेको डिभिजन वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए । अचानक बसपार्कमा फेला परेको सो मृग करिब चार महिना उमेरको रहेको डिभिजन वन अधिकृत शाण्डिल्यले जानकारी दिए ।
‘कहाँबाट आइपुग्यो, कसरी आइपुग्यो भन्ने कुरा अनुसन्धानकै विषय छ । पानी तथा हावाहुरीले अताल्लिएर भाग्दा पनि जहाँतहीँ पुग्न सक्छ । अथवा माउसँग छुटेर पनि आएको हुनसक्छ’, उनले भने, ‘जे जसरी आएको भए पनि अहिलेलाई हामीले सुरक्षितपूर्वक उद्धार गरेका छौँ । यसलाई नजिकको सामुदायिक वनमा छाड्ने छौं ।’ पशु सुरक्षाका लागि कसैलाई जानकारी नदिई वनमा छाडिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस !