सूर्यज्योतिले पायो आईक्यानको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा सम्मान
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (ICAN) द्वारा आयोजित National Best Presented Annual Report (NBPA) 2025 Awards अन्तर्गत Life Insurance Category मा ‘Certificate of Merit’ सम्मान प्राप्त गरेको छ।
आईक्यानद्वारा CFO Conclave 2026 सँगै २०८३ असार १६ गते काठमाडौंमा आयोजित राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन २०२५ पुरस्कार वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको तर्फबाट उक्त सम्मान ग्रहण गर्नुभएको थियो।
यस अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण बीमित, शेयरधनी, नियामक निकाय, अभिकर्ता, कर्मचारी, व्यावसायिक साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति निरन्तर विश्वास, साथ र सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा पनि उत्कृष्ट संस्थागत अभ्यास, नवीन जीवन बीमा सेवा तथा उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्दै सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !