झापामा स्कुटर दुर्घटना : एक जनाको मृत्यु

झापामा स्कुटर दुर्घटना : एक जनाको मृत्यु
सुन्नुहोस्

झापा : झापाको कमलमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका-२ छलफल चोकस्थित भित्री सडक खण्डमा केर्खाबाट समयगढतर्फ जाँदै गरेको मे ११ प १६१८ नम्बरको स्कुटर बिहीबार साँझ ६:४० बजे आफै अनियन्त्रित भई दुर्घटना भएको हो। 

दुर्घटनामा परी स्कुटरको पछाडि सवार धादिङ जिल्ला थाँक्रे गाउँपालिका ११ स्थायी घर भई हाल कमल-६ निवासी ३० वर्षीय राजन तामाङ गम्भीर घाइते भएका थिए । उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा साँझ ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

त्यस्तै स्कुटर चालक इलाम जिल्ला माई नगरपालिका-१ स्थायी ठेगाना भई हाल दमक-५ निवासी २९ वर्षीय राजन महत घाइते भएका छन् । उनको टाउको र बायाँ कानमा गम्भीर चोट लागेको छ ।  उनलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।  स्कुटर प्रहरी चौकी तोपगाछीले नियन्त्रणमा लिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.