तत्कालीन गाविस सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
महोत्तरी : बाल संरक्षण भत्ता भ्रष्टाचारको आरोपमा महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव महेश्वर महतो कोइरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर गाउँ विकास समितिको आर्थिक वर्ष २०६८/०६९ को बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना गरेको आरोपमा कोइरीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन सचिव कोइरी, तत्कालीन लेखापाल सुरूज साह र कार्यालय सहायक उमाकान्त महतोविरुद्ध ३ लाख ७ हजार २०० रुपैयाँ विगोसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
प्रतिक्रिया दिनुहोस !