आइफोनले हानेपछि डिभोर्स

आइफोनले हानेपछि डिभोर्स

एजेन्सी: हलिउडमा यति बेला चर्चित अभिनेता जोनी डिप र उनकी पत्नी डेनिस अभिनेत्री अंबर हर्डको सम्बन्धविच्छेदले चर्चा पाएको छ।

डिपले आफूलाई आइफोनले हानेर घाइते बनाएको आरोपसहित ३० वर्षीया अंबरले अदालतमा डिभोर्स फाइल दर्ता गराएकी छन्। ५२ वर्षीय डीप र अंबरबीच अघिल्लो वर्षको फेब्रुअरीमा विवाह भएको थियो।

विवाह भएको तीन महिना नपुग्दै सम्बन्ध बिग्रिन थाले पनि वैवाहिक सम्बन्ध बचाउन आफूले पटकपटक मिलन प्रयास गर्दै आएको अंबरले दाबी गरेकी छन्। स्रोतका अनुसार गत शुक्रबार अदालतमा पुग्दा अंबरको अनुहारमा चोट देखिएको थियो।

डिपले आफूलाई बारम्बार पिट्दै आएकाले अब कुनै हालतमा डिभोर्स गर्ने निर्णयमा पुगेको अंबरले बताएकी छन्। उनले अदालतमा केही फोटो पनि पेस गरेकी छन् जसमा डिपको पिटाइले शरीरका विभिन्न भागमा नीलो दाग देखिएको छ।

 

'डिपले ममाथि साँच्चिकै नोक्सान चाहेकाले अनुहारमा समेत पिट्दै आएका छन्', अदालतमा साँचो बोल्ने शपथ खाँदै अंबरले भनिन्, 'उनले यतिन्जेलसम्म मलाई शारीरिक र मानसिक यातना दिँदै आए। ऊ ड्रग्स र रक्सी दुवै लिन्छ। म साँच्चिकै घरेलु हिंसामा परेकी छु।'

केही समयपहिला पनि मातेर झगडा गर्न थालेपछि उनले साथीहरूलाई जानकारी दिएकी थिइन्। रक्सीको नशामा त्यस बेला कपाल उखेलिदिएकाले पछि अमेरिका गएर सर्जरी गरेको अंबरले दाबी गरेकी छन्। अंबरको पीडा सुनेर अदालतले समेत डिपलाई श्रीमतीभन्दा सयौं कदम टाढा रहन आदेश दिएको छ।

जोनले पिटेपछि फकाउन पैसाको अफर गरेको तर कुनै पनि हालतमा डिभोर्स गर्ने पक्षमा आफू रहेको अंबरले जनाएकी छन्। डिपका वकिलले भने सबै आरोप निराधार भएको जिकिर गरेका छन्। डिपले आफ्नी पत्नि गे राइट एक्टिभिस्ट टिलेट राइटसँग नजिकिएको र उनीसँगै धेरै समय बिताउँदै आएको आरोप लगाएका छन्। -एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.