सडक करले गाडीको मूल्य बढ्ने

सडक करले गाडीको मूल्य बढ्ने

काठमाडौं: सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा सवारीसाधनमा लगाइने सडकसम्भार तथा निर्माण र वार्षिक कर वृद्धि गरेपछि गाडीको मूल्य बढ्ने भएको छ।

बजेटमार्फत सरकारले सडकसम्भार तथा निर्माण दस्तुर पाँच प्रतिशतबाट बढाए सात प्रतिशत पु‍र्याएको छ।बढेको दुई प्रतिशत दस्तुरले गाडीमो मूल्यमा पनि दुईदेखि तीन प्रतिशत वृद्धि हुन सक्ने व्यवसायीको भनाइ छ।

व्यवसायीका अनुसार आगामी साउनदेखि लागू हुने गरी गाडीको मूल्यमा ४० हजारदेखि दुई लाखसम्म बढ्नेछ। तर, साउनभन्दा अगाडि बजार मूल्यमा कुनै फरक नपर्ने व्यवसायी बताउँछन्।

साथै सरकारले गाडीको दर्ता प्रक्रियामा लाग्ने वार्षिक कर इन्जिन क्षमता (सीसी) अनुसार एक हजारदेखि तीन हजार रुपैयाँसम्म बढाएको छ। यसले बाइक र स्कुटरको मूल्य पनि चार हजारभन्दा माथि बढ्न सक्ने स्याकार ट्रेडिङ प्रालिका बिक्री प्रबन्धक सोहन श्रेष्ठले बताएका छन्।

उनका अनुसार सरकारले ल्याएको यो योजनाले प्यासेन्जर भेइकल गाडीलाई मात्र नभएर साना गाडीमा पनि लागू हुने भएकाले बाइक तथा दुईपांग्रे सवारीसाधनको बजार मूल्यमा पनि असर पर्नेछ।


नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका बजार प्रबन्धक अर्जुन कार्कीले बजेटमार्फत आएको नयाँ दस्तुर प्रणालीले टाटाको गाडीमा ४० हजारदेखि एक लाख ५० हजारसम्म बढ्न सक्ने बताए।

उनका अनुसार वार्षिक करमा भएका एक हजारदेखि तीन हजारसम्मको बृद्धि र दुई प्रतिशत दस्तुर शुल्क वृद्धिले साउनदेखि टाटाको जेस्ट र बोल्ट कारको मूल्यमा ५० हजारभन्दा माथि र सुमो र स्ट्रोमको बजार मूल्यमा ७५ हजारदेखि एक लाख सम्मको वृद्धि हुनेछ।

स्याकार ट्रेडिङ प्रालिका बिक्री प्रबन्धक शरद ढुंगेलले सरकारले बजेटमार्फत लागू गरेको नयाँ दस्तुर प्रणालीले गाडीको मूल्यको आधारमा ५० हजारदेखि दुई लाखसम्म मूल्य वृद्धि हुनसक्ने बताए। 'नेपाली बजारमा दुई करोडभन्दा माथिका गाडी पनि उपलब्ध भएकाले त्यसको मूल्यमा दुई लाखसम्म वृद्धि हुनेछ', ढुंगेलले भने, 'टाटाको एक करोड पाँच लाख पर्ने सीआरभी गाडीको मूल्यमा एक लाख सात हजार वृद्धि हुन सक्नेछ।

'सडक दस्तुर वृद्धिले अवश्य पनि गाडीको मूल्यमा वृद्धि हुने महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेडले जाकारी दिएको छ। कम्पनीका अनुसार महिन्द्राको गाडीमा एकदेखि डेढ लाख रुपैयाँसम्म बढ्न सक्नेछ।

नेपाली बजारमा महिन्द्राको सबैभन्दा बढी बिक्री हुने गाडी स्कोर्पियो हो जसको बजार मूल्य ३७ लाख रुपैयाँसम्म पुग्न सक्नेछ। सबैभन्दा बढी मूल्य भएको गाडीका रूपमा एक्सयूभी छ। यसको अहिलेको बजारमा मूल्य ७० लाखसम्म छ भने यसमा पनि ५० हजारदेखि एक लाखसम्म बढ्न सक्ने कम्पनीले जनाएको छ।

अर्कोतर्फ सरकारले बजेटमा विद्युतीय सवारीसाधन आयातमा लाग्ने अन्तःशुल्क पूरै हटाएको छ। वातावरणमैत्री विद्युतीय प्रणालीबाट चल्ने सवारीसाधनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले विद्युतीय सवारीको हकमा पहिलेदेखि सडक कर नलाग्ने व्यवस्था गरेको थियो।

सार्वजनिक यातायातका रूपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको हकमा अन्तःशुल्क पूरै छुट र भन्सार शुल्क एक प्रतिशतमात्र लाग्ने व्यवस्था यस बजेटमार्फत सरकारले गरेको छ। भने २६ सिटभन्दा बढी क्षमताका विद्युत्बाट चल्ने सवारीसाधनको आयातमा एक प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्नेछ।

यसले विद्युतीय सवारीसाधन कार, जिप र भ्यानको बजार मूल्य ठूलो मात्रामा घट्ने भएको छ। एकातिर सडक दस्तुर बढाएको सरकारले अर्काेतर्फ अन्तःशुल्क पूरै हटाएकाले नेपाली बजारमा विद्युत्बाट चल्ने सवारीसाधनको व्यापार वृद्धि हुने अनुमान व्यवसायीले गरेका छन्। इन्फोआगामी साउनदेखि लागू हुने गरी गाडीको मूल्यमा ४० हजारदेखि दुई लाखसम्म बढ्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.