प्रवासमा बसेर नेपालमा सामूहिक लगानी

 प्रवासमा बसेर नेपालमा सामूहिक लगानी

मलेसिया: रोजगारीका लागि मलेसिया बसोबास गरिरहेका नेपालीले स्वदेशमा नै व्यावसायिक लगानी गर्न थालेका छन्। मलेसियाबाट फर्किएका र मलेसियामा नै रहेका मगरको समूहले नेपालमा सेवा र कृषि क्षेत्रमा लगानी थालेको छ।

पहिलो चरणमा काठमाडौंको मित्रपार्कमा एम जी आर होटेल सुरुवात गरेसँगै उनीहरू व्यावसायिक लगानीमा आर्कषित भएका हुन्। एम जी आर ग्रुप नै बनाएर करिब ४० लाख नेपाली रुपयाँ लगानीमा उनीहरूले काठमाडौंमा होटेल सुरुवात गरेका छन्।

यसैवर्ष कृषि र सेवामूलक क्षेत्रमा करिब एक करोड नेपाली रुपयाँ लगानी गर्ने लक्ष्य समेत उनीहरूले लिएका छन्। मलेसियामा रहेको मगर संघमा आवद्ध भएका उनीहरूले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न थालेसँगै रोजगारीसमेत खुलेको छ।

केही समय भित्रै काठमाडौं रिंगरोडको १० किलोमिटर क्षेत्र भित्रम तरकारी खेती र वंगुर पालन गर्ने योजना उनीहरूले बनाएका छन्। कृषिमा मात्रै ५० लाख लगानी गर्ने लक्ष्य रहेको एम जी आर ग्रुपका दिपक सुनाखरीले जानकारी दिए। व्यवसायका लागि उनीहरूले काठमाडौंको मनमैजु आसपास क्षेत्रमा जग्गा भाडामा लिन सुरु गरेका छन्।

ग्रुपमा मलेसियामा रोजगारी गरिरहेका र रोजगारीबाट नेपाल फर्किएकाको लगानी छ। यस्तै अन्य देशमा कार्यरत मगरले पनि लगानी गरेका छन्। 'हाम्रो गु्रपमा अन्य व्यक्तिले पनि लगानी गर्न उत्सुक छन्' ,सुनखरीले भने, ‘नेपालमै रोजगारीको अवसर जुटाउन हामीले सेवा र कृषिमा लगानी थालेका हौं।' हाल ग्रुपमा ३७ जना छन्। वैशाखबाट सुरु गरिएको होटेलमा मलेसियाबाट फर्किएका र मलेसियामा कार्यरत लगानीकर्ताका परिवारले नै रोजगारी पाएका छन्। हाल १० जनालाइ रोजगारी दिन समूह सफल भएको सुनाखरीले जानकारी दिए।

विदेशबाट फर्किएका होटेलका ग्राहक हुने उनीहरूले लक्ष्य लिएका छन्। यसका लागि उनीहरूले मित्रपार्कमा एक सय ५० जना अट्ने सभा हल, १८ कोठा र तीन सय जनाले एक्कै पटक खान खाने क्यान्टीन भाडामा लिएका छन्।

होटेललाई थप लगानी गर्ने योजना उनीहरूले बनाएका छन्। वैदेशिक रोजगारीबाट फर्किएर वेरोजगार बस्नु पर्ने युवाको वाध्यतालाई समेत यो काम पनि कम गरेको सुनाखरीले अन्नपूर्णलाई बताए।

कृषिका लागि जग्गा भाडामा लिने प्रक्रिया सुरु भएको र केही दिनबाटै अन्य काम थाल्ने समूहका अर्का सदस्य मोहन रानाले बताए। रानाका अनुसार कृषि क्षेत्रमा २० भन्दा बढीले रोजगारी पाउने भएका छन्।

हलोदेखि हाइड्रोसम्ममा लगानीको योजना बनाएका उनीहरूले लगानी थप गर्नेछन्। कृषिमा आफ्नौ सेयर होल्डरले रोजगारी गर्न इच्छा देखाएकाले पहिलो चरणमा १५ जनालाई रोजगारी दिने र पछि जनशक्ति थप गर्ने योजना रहेको रानाले जानकारी दिए।

तरकारी खेती र वंगुर पालन, कुखुरा पालनका लागि जग्गा छनोट गर्न थालिएको उनीहरूले जानकारी दिएका छन्। वैदेशिक रोजगारीमा रहेका र वैदेशिक रोजगारीबाट फर्किएकाले सुरु गरेको सामूहिक व्यवसाय यो पहिलो भएको उनीहरूले दाबी गरेका छन्। इन्फोमलेसियाबाट फर्किएका र मलेसियामा नै रहेका मगरको समूहले नेपालमा सेवा र कृषि क्षेत्रमा लगानी थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.