जर्मनी र इटालीको खेलले लोभ्याउँछ

जर्मनी र इटालीको खेलले लोभ्याउँछ

पूर्वखेलाडी र राष्ट्रिय टोलीको गोलरक्षक प्रशिक्षक भएकाले पनि विश्वकप र युरोकप मेरा लागि ठूलो पर्व हो। युरोकपका प्रायः खेल हेरिहरेको छु। रातिका सबै खेल भने चाहेर पनि हेर्न सकेको छैन। तर पनि राम्रा टोलीको खेल हेर्छु।

गोलरक्षक प्रशिक्षक भएकोले मेरो विशेष ध्यान गोलकिपरको पोजिसन र प्रदर्शनमा रहन्छ। मैले युरोकप र विश्वकप फुटबल हेर्दा एसियन र युरोपियन गोलरक्षकको खेल्ने शैलीलाई पछ्याउने गरेको छु। युरोपको फुटबल धेरै माथि छ।

एसियाली राष्ट्रका गोलरक्षक गोल लाइनमा मात्र बसेर खेल्छन्। युरोपका गोलरक्षक सबै दिशामा उत्कृष्ट खेल्न सक्छन्। पोजिसन र एक्सनमै धेरै फरक देखिन्छ।

हामीजस्तो प्रशिक्षकका लागि विश्वकप र युरोकप फुटबलको खेल्ने र खेलाउने कला सिक्ने अवसर हो। खेल हेरेर पनि खेलाडीको व्यक्तिगत प्रदर्शनमा धेरै सुधार ल्याउने कला सिक्न सकिन्छ। सबैले हेरेरै सिक्ने हो।

युरोकपमा म विशेष गरेर गोलरक्षकको खेल्नै शैलीलाई चासो दिन्छु। युरोकपमा अहिलेसम्म खेल हेर्दा बलिया राष्ट्रकै दबदबा देखिन्छ। यद्यपि पहिलो चरणको खेल चलिरहेकोले यही टोलीले जित्छ भनेर ठोकुवा गर्न गाह्रो छ।

 

तर जर्मनी, इटाली, आयोजक फ्रान्स, बेल्जियमले राम्रो फुटबल खेलिरहेका छन्। मलाई अझ जर्मनी र इटालीको खेलले बढी लोभ्याउँछ। मेरो समर्थन पनि युरोकपमा जर्मनी र इटालीलाई नै छ।

यस पटकको युरोकप पनि जर्मनी र इटालीमध्ये एउटाले नै जित्छ जस्तो लाग्छ। जर्मनी सन्तुलित टोली पनि हो। उसको टिम वर्क राम्रो छ। जर्मनका खेलाडी खुलेर खेल्न सक्छन्। काउन्टर प्रहार पनि उत्तिकै सशक्त छ।

व्यक्तिगत रूपमा जर्मनीका सबै खेलाडी राम्रा छन्। युवा र अनुभवी खेलाडी भएकाले जर्मनलाई हराउन जुनसुकै टोलीलाई पनि गाह्रो छ। जर्मनीजस्तै इटालीको प्रदर्शन पनि माथिल्लो स्तरको छ।

इटालीले आक्रामक शैलीको खेल खेलिरहेको छ। आयोजक राष्ट्र भएकाले फ्रान्सको पनि सम्भावना छ। घरेलु मैदानको फाइदा मात्र होइन फ्रान्सको खेल पनि सशक्त देखिन्छ।

(राष्ट्रिय टोलीका गोलरक्षक प्रशिक्षक मृगेन्द्रसँगको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.