सार्वजनिक भएन ग्यास दुर्घटना प्रतिवेदन

सार्वजनिक भएन ग्यास दुर्घटना प्रतिवेदन

काठमाडौं: तीनजनाको ज्यान जाने गरी एचपी ब्रान्डको सिलिन्डर पड्किएको घटना छानबिन गर्न गठित सरकारी टोलीले प्रतिवेदन सार्वजनिक नगरी लुकाएको छ।

उपभोक्ताको हक अधिकार स्थापित गर्न खडा भएको आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छानबिनको प्रतिवेदन तयार पारेर पनि सार्वजनिक गरेको छैन। उद्योगीको दबाबमा प्रतिवेदन सार्वजनिक नगरिएको स्रोतको भनाइ छ।

एचपी ब्रान्डको सिलिन्डर पड्किएर ललितपुर वडा नं. १९ हौगल टोल इताछेंका सुरेश ताम्राकार, धु्रव ताम्राकार र राजेश ताम्राकारको ज्यान गएको थियो। दुर्घटना जेठ ७ गते भएको थियो।

मन्त्रालयले घटनाको छानबिन गर्न आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठको संयोजकत्वमा जेठ १३ गते चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिका संयोजक लक्ष्मण श्रेष्ठले आइतबार मन्त्रालयलाई प्रतिवेदन बुझाए पनि मन्त्रालय र विभागले प्रतिवेदन सार्वजनिक गरेका छैनन्।

छानबिन प्रतिवेदन उपलब्ध गराईदिन मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीलाई आग्रह गर्दा उनले विभागका महानिर्देशक गोकुलप्रसाद धितालसँग प्रतिवेदन लिन सल्लाह दिए। रेग्मीको सल्लाहअनुसार धितालसँग प्रतिवेदन माग गर्दा आफूलाई छानबिनका विषयमा कुनै जानकारी नभएको उनले बताए।

महानिर्देशक धितालले भने, 'मलाई प्रतिवेदनका विषयमा कुनै जानकारी छैन। लक्ष्मण श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो। समितिले आइतबार मन्त्रालयमा प्रतिवेदन बुझाएको छ। तर प्रतिवेदनमा के छ भनेर कुनै जानकारी छैन। 


प्रतिवेदन मन्त्रालयमा आज बुझाइयो। तर सार्वजनिक गर्न मिल्दैन।-लक्ष्मण श्रेष्ठ, संयोजक, छानबिन समिति 

लक्ष्मणजीसँगै बुझ्नुस्।' महानिर्देशक धितालले प्रतिवेदन उपलब्ध गराउन आनाकानी गरेपछि फेरि मन्त्रालयकै प्रवक्ता रेग्मीसँग सम्पर्क गरियो। रेग्मीले आफू मन्त्रालयको कार्ययोजना बनाउन निकै व्यस्त भएकाले छानबिन समितिको संयोजक श्रेष्ठसँग प्रतिवेदन लिन आग्रह गरे।

 

'अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको कार्ययोजना जसरी पनि बुझाउनु पर्ने भएकोछ', प्रवक्ता रेग्मीले भने,'म त्यसमै व्यस्त छु। छानबिन समितिको संयोजक लक्ष्मण श्रेष्ठलाई भेट्नुस्। उहाँलाई मेरो नाम भनेर प्रतिवेदन माग्नुस्। उहाँले प्रतिवेदन दिनुहुन्छ।'

संयोजक श्रेष्ठले भने मन्त्रालयमा प्रतिवेदन बुझाईए पनि दिन नसक्ने जानकारी दिए। उनले भने, 'प्रतिवेदन मन्त्रालयमा आज बुझाइयो। तर सार्वजनिक गर्न मिल्दैन।' छानबिन समितिका संयोजक श्रेष्ठले प्रतिवेदनमा भएका विषय वस्तुका बारेमा पनि आफूले बोल्न नमिल्ने भएकाले प्रतिवेदन गोप्य राख्ने हो वा सार्वजनिक गर्ने हो भन्ने विषयमा मन्त्रालयस्तरबाटै बुझन आग्रह गरेका थिए।

ललितपुरको घटनामा विष्फोट भएको एचपी ब्रान्डको सिलिन्डर गुणस्तरहिन छ भनेर आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको अध्ययन गरी प्रतिवेदनसहित छानबिन गर्न मन्त्रालयमा उजुरी दिएका राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उद्योगीको दबाबमा सरकारले प्रतिवेदन लुकाएको आरोप लगाए।

उनका अनुसार पड्किएको सिलिन्डरको मोटाइ २.९ हुनुपर्नेमा आपूर्ति विभागका निरीक्षण अधिकृत रामचन्द्र काफ्लेले सुरक्षाकर्मीको सहयोगमा गरेको प्रारम्भिक चरणको अध्ययनमा १.८३ मिलिमिटर मात्रै मोटाइ भेटिएको थियो।

यो घटना भएको केही साता नबित्दै कालीमाटीमा पुनः सुगम ब्रान्डको सिलिन्डरको भल्व लिकेज भएर थप एक जनाको मृत्यु भएको थियो। 'उद्योगीले सोमबारसम्म आफ्नो पक्षमा निर्णय नदिए ग्यास उत्पादन बन्द गर्ने चेतावनी दिएका छन्', महर्जनले भने, 'उद्योगीको बन्द गर्ने चेतावनीका कारण सरकारले प्रतिवेदन लुकाइएको हो।

सिलिन्डर गुणस्तरहिन छ भने नापतौल तथा गुणस्तर विभाग र सिलिन्डर उत्पादन गर्ने एरोटेक उद्योगमाथि पनि प्रश्नचिन्ह खडा भएको छ।' उद्योगीको दबाबमा सरकारले प्रतिवेदन पनि नक्कली तयार पारेको महर्जनले आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.