उद्योगीको दादागिरीले फेरि ग्यास अभाव हुने अवस्था

उद्योगीको दादागिरीले फेरि ग्यास अभाव हुने अवस्था

काठमाडौं: निजी क्षेत्रका ग्यास उद्योगीले फेरि दादागिरी देखाएका छन् । अति आवश्यक वस्तुको आयात ठप्प पारेर सरकारलाई दबाबमा पारी आफ्नो गल्ती ढाकछोप गर्न उद्योगीले मंगलबारदेखि भारतबाट ग्यास आयात नगर्ने निर्णय गरेका छन् ।

अत्यावश्यक सूचीमा रहेको ग्यास आयात नगर्ने भन्दै ग्यास उद्योगीको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले ग्यास आयात गर्न आवश्यक पर्ने प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नेपाल आयल निगमबाट नबुझ्ने निर्णय गरेको छ ।

संघको यस्तो निर्णयका कारण देशभरका आम उपभोक्ताले फेरि ग्यासको अभाव व्यहोर्नु पर्ने देखिएको छ । अत्यावश्यक सूचीमा परेका वस्तुका विषयमा बन्द र हडताल गर्न पाइदैन ।

तीन जनाको ज्यान जाने गरी एचपी ब्रान्डको सिलिन्डर ललितपुरमा पडकिएपछि सरकारले उद्योगको पीडीओमा बिहीबारदेखि रोक लगाएको थियो । सरकारले पीडीओमा रोक लगाएपछि संघले सोही दिन मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै पीडीओ रोकिएको निर्णय तत्कालै फिर्ता लिन पाँच दिनको अल्टिमेटम सरकारलाई दिएको थियो ।

सरकारले व्यवसायीका पक्षमा निर्णय नगरेको भन्दै संघले निगमबाट पीडीओ नबुझ्ने र भारतबाट ग्यासको बुलेट पनि आयात नगर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष शिव घिमिरेले सरकारले निर्णय नसच्याएसम्म ग्यास आपूर्ति नहुने दाबी गरे । ग्यास आपूर्ति नभएर आम उपभोक्ताले व्यहोर्नुपर्ने सास्तीको जिम्मेवारी सरकारले नै लिनुपर्ने घिमिरेले जानकारी दिए । घिमिरेले सरकारले वार्तामा समेत उद्योगीलाई नबोलाएको आरोप लगाएका छन् । ‘सरकारले वार्तामा बोलाउला भनेर हामी दिनभर कुरेर बस्यौं’, घिमिरेले भने,‘तर साँझसम्म वार्तामा बोलाउन सरकारले कुनै चासो देखाएन् ।’

जेठ ७ गते एचपी ब्रान्डको सिलिन्डर पड्किएर ललितपुर वडा नं. १९ हौगल टोल इताछेंका सुरेश ताम्राकार, धु्रव ताम्राकार र राजेश ताम्राकारको ज्यान गएको थियो । यसैगरी सुगम ग्यासको सिलिन्डरको भल्व लिकेज भएर कालिमाटीमा विकु पण्डित भन्ने भारतीय व्यवसायीको गत बिहीबार ज्यान गएको थियो । यघिअघि सिद्धार्थ ब्रान्डको सिलिन्डर पड्केर मनमैजुको धर्मस्थलीमा चार वर्षअघि आमा छोराको मृत्यु भएको थियो । उद्योगीका पक्षमा सरकारी प्रतिवेदन

ललितपुरको ग्यास दुर्घटनासम्बन्धी छानबिन गर्न आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले उद्योगीकै पक्षमा प्रतिवेदन बुझाएको छ । हिमालयन पेट्रो केमिकल्स प्राइभेट लिमिटेडको एचपी ब्रान्डको सिलिन्डर पड्केको घटनाको बारेमा छानबिन समितिका संयोजक लक्ष्मण श्रेष्ठले आइतबार मन्त्रालयमा प्रतिवेदन बुझाएका थिए ।

सोही प्रतिवेदनको सांराश मन्त्रालयले सोमबार राति सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले जारीको विज्ञप्तिअनुसार ललितपुरको घटनामा उद्योगीको र सिलिन्डरको गल्ति नभेटिएको औंल्याइएको छ । प्रतिवेदनले मानविय त्रुटिका कारण घटना हुन पुगेको उल्लेख गरेको छ । एचपीले एरोटेक उद्योगबाट सिलिन्डर खरिद गरेको देखाएको छ ।

घटनामा ज्यान गुमाएका सुरेश ताम्राकारले एउटा सिलिन्डरबाट अक्सिजन र अर्को सिलिन्डरबाट ग्यास मि श्रण गरी उच्च प्रेसरमा ग्यास वेल्डिङ गरिरहेको अवस्थामा ग्यास नबल्दा धु्रव ताम्राकारले परीक्षण गर्न खोज्दा सिलिन्डर पड्केको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘अक्सिजनको उच्च दबाबमा ग्यास वलिरहेको तामा पित्तलका भाडा बनाउने काम भइरहेको अवस्थामा व्याक फायरिङ भएर सिलिन्डरभित्र आगो पुगेर पड्किएको हुन सक्ने भन्दै मन्त्रालयले आशंका व्यक्त गरेको छ । मन्त्रालयले सिलिन्डरको उपयुक्त मोटाइको विषयमा छुट्टै विज्ञको सहयोगमा अध्ययन गरिने जनाएको छ ।

पडकेको सिलिन्डर एचपी ग्यास उद्योगले गत २०७१ असोज ११ गते खरिद गरेकाले उक्त सिलिन्डर नयाँ भएको हुँदा नियमअनुसार हाइड्रोस्टाटिक परीक्षण गर्नुपर्ने अवस्था नभएको बताउँदै मन्त्रालयले ग्यास लिकेज भएर दुर्घटना नभएको दाबी गरेको छ । मन्त्रालयले घटनामा पड्केको सिलिन्डरको १० वटा टुक्रा संकलन गरी अध्ययन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.