जर्मनी र पोल्यान्ड दबाबमा

जर्मनी र पोल्यान्ड दबाबमा

एजेन्सी
पेरिसः युरोकप फुटबलको मंगलबार राति हुने महत्वपूर्ण खेलमा जर्मनीले उत्तरी आयरल्यान्ड र पोल्यान्डले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछन् ।

यी खेलको नतिजापछि मात्रै समूह ‘सी' बाट नकआउट चरणमा प्रवेश गर्ने टोलीको टुंगो लाग्ने भएका कारण एकै समयमा खेलिने यी खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने पक्का छ ।

समूह ‘सी' बाट प्रिक्वार्टरफाइनलको यात्रा तय गर्न जर्मनी र पोल्यान्ड दुवैलाई आआफ्नो खेलमा कम्तीमा बराबरीको नतिजा आवश्यक छ ।

तर पराजयले भने जर्मनी र पोल्यान्डमध्ये एक टोली समूहगत चरणबाटै बाहिरिने सम्भावना छ । त्यसैले बलियो टोली भएर पनि समूहगत चरणको अघिल्लो दुई खेलमा गतिलो प्रदर्शन दिन नसकेका जर्मनी र पोल्यान्ड मंगलबारको खेल अघि दबाबमा छन् । अझ विश्व च्याम्पियन जर्मनीले बढी दबाब महसुस गरेको हुनुपर्छ ।

समूह ‘सी' बाट जर्मनी र पोल्यान्डसँगै आयरल्यान्डको समेत नकआउट चरण प्रवेशको सम्भावना छ ।

जर्मनीलाई पराजित गर्न सकेको अवस्थामा उत्तरी आयरल्यान्ड प्रतियोगिताको अन्तिम १६ मा पुग्नेछ । जर्मनीस“ग बराबरीमा रोकिएको अवस्थामा समेत अर्काे खेलमा युक्रेनले पोल्यान्डलाई पराजित गरे, आयरल्यान्डको भाग्य खुल्न सक्छ ।

त्यसैले युक्रेनविरुद्ध उत्कृष्ट प्रदर्शन देखाएको उत्तरी आयरल्यान्डले जर्मनीविरुद्ध पनि त्यो प्रदर्शनलाई दोहोर्याएर महत्वपूर्ण उपलब्धि हात पार्न सक्छ ।

यसअघिको प्रतिस्पर्धालाई आधार मान्दा उत्तरी आयरल्यान्डका लागि जर्मनी निकै बलियो प्रतिद्वन्द्वी हो । एक अर्काविरुद्ध अहिलेसम्म भएको १४ खेलमध्ये जर्मनीले आठ खेलमा जित हात पारेको छ ।

चार खेल बराबरीमा सकिएको छ भने दुई खेलमा उत्तरी आयरल्यान्ड विजयी भएको छ । उत्तरी आयरल्यान्डले हात पारेको जितसमेत निकै पहिलेको हो ।

सन् १९८४ को युरोकप छनोटमा उत्तरी आयरल्यान्डले जर्मनी (तत्कालीन पश्चिम जर्मनी) लाई दुईपटक समान १–० गोलले हराको थियो ।

इतिहासमा समेत कमजोर देखिएको पोल्यान्डलाई भने वर्तमानमा पनि युक्रेनस“ग सचेत रहनुपर्ने अवस्था छ । प्रतियोगिताबाट यसअघि नै बाहिरिइसकेको युक्रेनको एउटैमात्र उद्देश्य हुनेछ, जितसहित प्रतियोगिता टुंग्याउने ।

यो अवस्थामा कुनै पनि दबाबबाट मुक्त रहेको युक्रेनले पोल्यान्डको अगाडिको बढ्ने बाटो रोक्न पनि सक्नेछ । यसअघि एकअर्काविरुद्ध भएका सात भिडन्तमा समेत युक्रेनले गर्विलो प्रदर्शन गरेको छ । सातमध्ये तीन खेलमा युक्रेन विजयी भएको छ भने दुई खेलमा पोल्यान्ड विजयी बनेको छ । दुई खेल बराबरीमा सकिएका छन् ।


क्रोएसियालाई मुस्किल
बुधबार बिहान समूह ‘डी' को अन्तिम खेलमा स्पेन र क्रोएसिया तथा चेक गणतन्त्र र टर्कीले पनि एकआपसमा प्रतिस्पर्धा गर्दैछन् ।

यी खेलको नतिजापछि समूह ‘डी' बाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । स्पेन यसअघि नै प्रिक्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । अब क्रोएसिया र चेक गणतन्त्रमध्ये एक टोली अगाडि बढ्नेछ । यद्यपि पछिल्लो समीकरणअनुसार त्यो सम्भावना पछ्याउन चेक गणतन्त्रलाई सहज छ ।

प्रतियोगितामा उपाधिकै दाबेदार मानिएको स्पेनले सबै टोलीविरुद्ध राम्रो प्रदर्शन गर्दै आइरहेको छ । अर्कोतिर चेक गणतन्त्रले भने हालसम्म एक खेल पनि नजितेको टर्कीलाई अन्तिम प्रतिद्वन्द्वी पाएको छ ।

यसअघिको प्रतिस्पर्धामा समेत स्पेनविरुद्ध क्रोएसिया निकै कमजोर देखिएको छ । स्पेनले क्रोएसियाविरुद्ध सन् २०१२ को युरो कपमा १–० को जित हात पारेको थियो ।

यद्यपि क्रोएसियाविरुद्ध स्पेन पछिल्लो २२ वर्षयता अपराजित छ । त्यसैले नकआउट चरण प्रवेशका लागि स्पष्ट जितकै आवश्यकता रहेको क्रोएसियालाई स्पेनको चुनौती पन्छाउन मुस्किल देखिन्छ ।

यस्तो अवस्थामा चेक गणतन्त्रले तुलनात्मक रूपमा कमजोर देखिएको टर्कीलाई पराजित गर्दै अन्तिम १६ को यात्रा पक्का गर्न सक्ने सम्भावना छ ।

चेक गणतन्त्रले टर्कीविरुद्ध यसअघिका प्रतिस्पर्धामा पनि गतिलो प्रदर्शन गरेको छ । हालसम्म यी दुईबीच भएका नौ खेलमध्ये चेक गणतन्त्रले टर्कीलाई पा“च खेलमा हराएको छ भने तीन खेलमा पराजित भएको छ।

एक खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक सन् २००८ को युरोमा टर्कीले चेक गणतन्त्रलाई ३–२ गोलले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.