मर्जपछि कास्की र कामनाको एकीकृत कारोबार सुरु

 मर्जपछि कास्की र कामनाको एकीकृत कारोबार सुरु

पोखरा: कास्की फाइनान्स र कामना विकास बैंक मर्ज भएर सोमबारदेखि एकीकृत कारोबार थालेका छन्।

कामना विकास बैंकको नामबाट कारोबार सुरु भएको हो। पोखरा सिर्जनाचोकस्थित केन्द्रीय कार्यालयमा गभर्नर चिरञ्जीवी नेपालले एकीकृत कारोबार सुरुआत गरे।

राष्ट्र बैंकले जेठ १७ गते यी दुई संस्थालाई मर्जको अन्तिम स्वीकृति दिएको थियो। यी संस्थाले गएको साउन १७ मा मर्जर सहमति गरेका थिए। त्यसको भोलिपल्ट स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए।

मर्जपछि संस्थाको चुक्तापुँजी ६६ करोड रुपैयाँ पुगेको छ। यसअघि कामना विकासको ३४ करोड ११ लाख र कास्की फाइनान्सको ३३ करोड २५ लाख रुपैयाँ चुक्तापुँजी थियो। कामना १० जिल्ले विकास बैंक थियो भने कास्की फाइनान्स राष्ट्रिय स्तरको वित्तीय संस्था थियो।

राष्ट्रियस्तरको विकास बैंक बन्न कामनाले अब राष्ट्र बैंकको पछिल्लो नीतिअनुसार २०७४ असार मसान्तसम्म दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन अरू उपाय अपनाउँदै जाने सीईओ तोयाराज अधिकारीले बताए। फेरि मर्ज, हकप्रद र बोनस सेयर जारी गर्नेलगायत औजार प्रयोग गर्ने गरी पुँजी वृद्धि गरिने जानकारी सीईओ अधिकारीले दिए।

अधिकारी यसअघि कास्की फाइनान्समा सीईओ थिए। मर्जपछि पनि उनलाई सोही जिम्मेवारी मिलेको छ। कामनाका अध्यक्ष राजेन्द्रनिधि कोइराला मर्जपछिको संस्थामा अध्यक्ष भएका छन्। सञ्चालक समितिमा दुवै संस्थाबाट चारचारजना र एक विशेषज्ञ छन्।

 

मर्जपछि संस्थाको निक्षेप संकलन ६ अर्ब र कर्जा प्रवाह पाँच अर्ब पुगेको छ। गत आर्थिक वर्षमा कास्की फाइनान्सले सात करोड ४० लाख र कामनाले सात करोड ७५ लाख खुद नाफा गरेका थिए। यी संस्थाका शाखा कहीँ पनि नजुध्ने हुँदा समस्या नरहेको सीईओ अधिकारीले बताए। 

मर्जपछि संस्थाको चुक्तापुँजी ६६ करोड रुपैयाँ पुगेको छ। यसैगरी निक्षेप संकलन ६ अर्ब र कर्जा प्रवाह पाँच अर्ब पुगेको छ।

अहिले कास्की फाइनान्सका ११ र कामनाका १० शाखा छन्। संस्थाले केन्द्रीय कार्यालय पोखराको सिर्जनाचोकमा राखेको छ। लोगो कास्की फाइनान्सको प्रयोग गरेका छन्। कर्मचारी मिलान गर्दा कसैलाई घटुवा नगरेको जानकारी पनि सीईओ अधिकारीले दिए।

कास्कीमा ७५ र कामनामा ७३ कर्मचारी थिए।एकीकृत कारोबार सुरुआत गरेपछि गभर्नर नेपालले बैंकमा पुँजी बढेपछि ठूला आयोजनामा लगानीको खाँचो टर्ने विश्वास व्यक्त गरे। अझै पनि वित्तीय पहुँच निकै कम रहेकाले त्यसको विस्तार चुनौती रहेको उनले औंल्याए।

सीईओ अधिकारीले मर्जबाट ठूलो संस्था हुँदा अब एउटै पार्टीलाई १६ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने अवस्था बनेको बताए। ‘पहिला पाँच करोडभन्दा बढी लगानी गर्न सक्दैनथ्यौं', उनले भने।

यसअघि पोखराको मेट्रो बैंक, कैलाश बैंक र नेपाल एक्सप्रेस फाइनान्ससँग गाभिएर एकीकृत कारोबार सुरु भइसकेको छ। यसैगरी सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स पनि गाभिएर ओम डेभलपमेन्ट बैंकको नामबाट एक महिनाअघिबाट कारोबार थालेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.