पोल्यान्ड पहिलो पटक युरोकपको नकआउट चरणमा

पोल्यान्ड पहिलो पटक युरोकपको नकआउट चरणमा

काठमाडौंः पोल्यान्ड उसको फुटबल इतिहासमै पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह सी को अन्तिम भिडन्तमा युक्रेनलाई १–० ले पाखा लगाउँदै पोल्यान्डले अन्तिम १६ को यात्रा तय गरेको हो ।

पोल्यान्डका लागि इतिहास रच्ने क्रममा बेन्चबाट आएका ब्लास्ज्स्योकोस्कीले ५४ मिनेटमा निर्णायक गोल गरे ।

उसका प्रमुख स्ट्राइकर रोबर्ट लेवन्डोस्की गोल गर्न असफल रहेका बेला ब्लास्ज्स्योकोस्कीले देशलाई पहिलो पटक नकआउट चरणमा पुर्याए ।

युक्रेनविरुद्धको जितपछि पोल्यान्ड जर्मनीसँगै समान ७ अंक भएपनि गोलअन्तरका आधार उपविजेता हुँदै समुह सी बाट अघि बढेको हो ।

युक्रेन भने तीनवटै खेलमा पराजय ब्यर्होदै घर फर्केको छ । यही समूहमा ३ अंकसहित तेस्रो स्थानमा रहेको उत्तरी आयरल्यान्ड भने अन्य समूहका अन्तिम चरणका खेलको नतिजाको प्रतिक्षामा छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.